बर्षातको कारणले धानबाली क्षती ब्यहोरेका कृषकहरुले राहात पाउछन् /मन्त्रि मैनाली
बिदुर। तीन दिन देखिको अविरल वर्षाका कारण धानबाली बाट क्षति ब्योहोरेका कृषक हरु लाई राहात दिने बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रि बद्रि मैनालीले बताउनुभएको छ ।
अहिले नुवाकोट लगाएत बाग्मती प्रदेशको १३ ओटै जिल्लाको १ सय १९ वटै स्थानीय तह र कृषि ज्ञान केन्द्र मार्फत विवरण संकलन गर्नेकाम सुरु गरिसकेको उहाले बताउनु भएको छ । किसानका लागि प्रदेश सरकार भएको अनुभुति गराउन पनि तत्काल विवरण संकलन गरेर राहत दिने व्यवस्था गर्न लागिएको उहाको भनाई छ ।
क्षतिको विवरण संकलन गर्नका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेशको सम्पूर्ण कृषकहरुमा क्षतिको विवरण टिपाउनका लागि अनुरोध समेत गरेको छ । भारी वर्षा र हुरीका कारण धान बालीमा पुगेको यकिन विवरण अझै नआएकोले बागमती प्रदेशको कृषि विकास निर्देशनालयले सबै ज्ञान केन्द्रहरुलाई विवरण संकलन गर्नका लागि पत्रसमेत पठाइसकेको छ ।
जल तथा मौसम विज्ञान विभागको सूचना अनुसार साताको अझै केही दिन सम्म मौसममा प्रतिकुलता रहन सक्ने हुँदा खेतमा रहेको धान बाली कटानी गर्नुपुर्व थप सावधानी अपनाउनुहुन समेत मन्त्रालयले अनुरोध गरेको छ । यस विषम परिस्थितिले गर्दा उत्पन्न भएको समस्यावाट कत्ति पनि विचलित नभई धैर्यता एवम् आवश्यक सजगताका साथ आफ्ना कृषि कर्महरु निरन्तर रुपमा अगाडी बढाउन समग्र कृषक वर्गहरुमा मन्त्रालय अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस