Techie IT
गृहपृष्ठसमाचारबालविवाहको विकराल रूप ,बागमतीमा नुवाकोट अघि

बालविवाहको विकराल रूप ,बागमतीमा नुवाकोट अघि

अशिक्षा, गरिबी र मोबाइलको दुरुपयोगका कारण सानै उमेरमा विवाह गर्नेको संख्या बढ्दो,


सरकारले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने घोषणा गरेको छ । तर वाग्मती सरकारले प्रदेशबाट २०७८ भित्रै बालविवाह अन्त्य गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ । तर मन्त्रालयकै अध्ययनले पनि त्यस्तो संकेत दिँदैन । बरु बालविवाहको प्रवृत्ति नै बदलिएको औंल्याएको छ । अहिले मोबाइलका कारण धेरै बालबालिकाहरूले भागी विवाह गर्न थालेका छन् । सानै उमेरमा विवाह गर्दा आमा र उसबाट जन्मने शिशु थप जोखिममा पर्ने गरेका छन् । धेरैको विवाह सम्बन्धविच्छेदमा परिणत हुने गरेको समेत पाइएको छ ।

प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी बालविवाह नुवाकोटमा हुने गरेको छ । जिल्लामा भएका कुल विवाहमध्ये ६२.५८ प्रतिशत बालविवाह भएको देखिन्छ ।

धादिङमा ६२.९ प्रतिशत, सिन्धुलीमा ६२.५ प्रतिशत, सिन्धुपाल्चोकमा ६०.९२ प्रतिशत र मकवानपुरमा ५९.७ प्रतिशत बालविवाह भएको मन्त्रालयको तथ्यांक छ । प्रदेशमा सबैभन्दा कम बालविवाह काठमाडौंमा ३९.११ प्रतिशत मात्रै छ । अध्ययनले आदिवासी जनजातिहरूको बाहुल्य रहेका क्षेत्रमा बालविवाह बढी हुने गरेको देखाएको छ ।

विसं १९१० को मुलुकी ऐनमा विवाहका लागि केटीको न्यूनतम उमेर ५ वर्ष तोकिएको थियो । विसं २०२० को मुलुकी ऐनले अभिभावकको अनुमतिमा केटीको १८ र केटाको २० वर्ष कायम गरिएकोमा केही नेपाल कानुन संशोधन तथा खारेज गर्ने ऐन २०७२ ले दुवैको उमेर २० वर्ष नपुगी बिहेबारी गर्न रोक लगाएको छ । यसैगरी, मुलुकी देवानी संहिता २०७४ ले २० वर्ष नपुगी गरिएको विवाहलाई बालविवाहको रूपमा परिभाषित गरेको छ भने यस्ता विवाह स्वतः खारेज हुने व्यवस्थासमेत छ ।

ekantipur बाट


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस