किस्पाङ गाउँपालिकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गठन
विदुर । नुवाकोटको किस्पाङ्ग गाउँपालिकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )को पालिका स्तरीय भेला शनिबार सम्पन्न भएको छ ।
“सम्पूर्ण बामपन्थी, प्रगतिशील देशप्रेमी तथा जनतान्त्रिक विद्यार्थी एक हो” भन्ने मुल नाराका साथ समाजका रहेको अन्धविश्वास, कुरिती, विकृतीलाई हटाउन र सामाजिक काममा नयाँपन ल्याउन युवाहरूले गहन भुमिकाप्रति जिम्मेवार बनाउन प्रेरित गर्नलाई भेला आयोजान गरिएको संगठन विभाग प्रमुख प्रदीप भट्टले बताउनुभएको छ ।
क्षेत्र नं २ संयोजक निराजन बोगटीको प्रमुख आतिथ्यतामा तथा विशेष अतिथि नन्द राम न्यौपाने,बद्री देवकाेटा,आइत तामाङ, माधव न्यौपने सहित बसेको भेला मार्फत २४ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ ।
कमिटिको अध्यक्षमा रोजिन राई, उपाध्यक्षमा विजय तामाङ,कपिल न्यौपाने, करुणा तामाङ,अभिषेक न्यौपाने,मुना भट्ट,विपना न्यौपाने सचिवमा रासी तामाङ,सहसचिवमा ज्ञान बहादुर तामाङ, कोषाध्यक्षमा दिपा तामाङ चयन भएका छन् ।
यस्तै सदस्यहरुमा राजन फुयाल,प्रदीप भट्ट,रेबिका वाइबा,राजकुमार तामाङ,प्रकाश ठाकुर,एलिना न्यौपाने,प्रविका राई,पुष्प तामाङ, दावा छिरिङ तामाङ, नुर्बु तामाङ,अञ्जना तामाङ, अभिषेक तामाङ, विकास घले र सम्झना घले रहेको संगठन विभाग प्रमुख भट्टले जानकारी दिनुभएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस