Techie IT
गृहपृष्ठसमाचारतादी गाउँपालिकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गठन

तादी गाउँपालिकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गठन


विदुर । नुवाकोटको तादी गाउँपालिकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )को पालिका स्तरीय भेला सुक्रबार सम्पन्न भएको छ ।

“सम्पूर्ण बामपन्थी, प्रगतिशील देशप्रेमी तथा जनतान्त्रिक विद्यार्थी एक हो” भन्ने मुल नाराका साथ समाजका रहेको अन्धविश्वास, कुरिती, विकृतीलाई हटाउन र सामाजिक काममा नयाँपन ल्याउन युवाहरूले गहन भुमिकाप्रति जिम्मेवार बनाउन प्रेरित गर्नलाई भेला आयोजना गरिएको क्षेत्र नम्बर २ को संयोजक निराजन बोगटीले बताउनुभएको छ ।

भेला मार्फत १७ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ । कमिटिको अध्यक्षमा दिक्षा मिश्र, उपाध्यक्षमा गोविन्द लामिछाने, युनिका वाग्ले, सचिवमा बिशाल बि.क., सहसचिवमा दिक्षा तमाङ, कोषाध्यक्षमा सोनिका अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरुमा सबिना राई, मिरा तमाङ्ग, सञ्चमायाँ तमाङ्ग, फुलमाया तमाङ्ग, सुनिता राई, दिया राई, अस्मिता राई, संयोग उप्रेती, यमुना बिक, एलिसा थापा र सुजन रिमाल रहेको क्षेत्र नम्बर २ को संयोजक वोगटीले जानकारी दिनुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस