रसुवाको कालिका गाउपालिका ५ जिवजिवे हुदै नौकुण्ड गाउपालिका जाने बाटो सधैको लागि बन्द हुने अबस्थामा
रसुवाको कालिका गाउपालिका वडा नं ५ जिवजिबे हुदै नौकुण्ड गाउपालिका जाने बाटो सधैको लागि बन्द हुने अबस्थामा पुगेको छ ।
बर्षायाम सुरु भयदेखी बन्द भयको सडक अब सधैका लागि बन्द हुने अबस्थामा पुगेको हो ।
कालिका गाउपालिका वडा नं ५ को सडक चिरिएको छ । यदि सरोकारवाला निकायले बेलैमा ध्यान नदिए सडक भासिएर कालिका गाउपालिका वडा नं २ र ५ जोड्ने पुललाई समेत असर गर्ने छ । जस्को कारणले बर्षात को समयमा बन्द हुने गरेको बाटो सधैको लागि बन्द नहोला भन्न नसकिने अबस्था रहेको छ ।
अहिले यातायात संचालन नभयपनी पैदल यात्रीहरु लाई भने पुलको ब्यबस्था रहेको छ । यदि सडक भासिए यातायात तथा पैदल यात्रिहरु लाई समेत आवत जावतमा समस्या पु¥याउने देखिन्छ । गत फागुनमा पिच गरिएको सडक अहिले भासिएर सडकको लेवल भन्दा केहि तल पुगेको छ । सडक भासिएमा कालिका गाउपालिका वडा नं ५ का साथै नौकुण्ड गाउपालिकाका बिभिन्न वडाका बासिन्दाहरु लाई आवत जावत गर्न असहज हुने छ ।
क्याटेगोरी :
समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस