Techie IT
गृहपृष्ठसमाचारतपाईको मास्क खोई ?

तपाईको मास्क खोई ?


विदुर । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २३ गतेदेखि सुरु गरेको मास्क अभियान जारी रहेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको एक उत्तम उपाय सहि तरिकाले मास्क लगाउने पनि भएकोले त्यस प्रति थप सचेत बनाउन मास्क अभियान सुरु गरिएको हो । मास्क अभियानको क्रममा विहिवार शुआहारा परियोजनाले नुवाकोटको सदरमुकाम विदुरदेखि बट्टार बजारसम्म जनचेतना मुलक ¥याली निकालेको थियो । ¥यालीको क्रममा मास्क नलगाई हिडेका र आफ्नो काम गरिरहेका नागरिकहरुलाई मास्क प्रदान समेत गरिएको थियो । यस्तै सवारी साधनमा “तपाईको मास्क खोई” लेखिएको पोष्टर समेत टासिएको शुआहारा परियोजनाले जनाएको छ । घरबाट बाहिर निस्कदा कतिपयले मास्क नलगाउने र मास्क लगाउनेले पनि सहि तरिकाले नलगाउने गरेको पाइन्छ ।

त्यसैलाई मध्यनजर गरेर व्यवहार परिवर्तन गर्न मास्क अभियान अन्तरगत रहेर जनचेतना मुलक ¥याली सञ्चालन गरिएको हो । उक्त ¥याली समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत रहेर जिल्ला प्रहरी कार्यलय नुवाकोटको समन्वयमा सञ्चालन गरिएको हो ।

 




क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस