Techie IT
गृहपृष्ठसमाचारबिदुर नगरपालिकामा कांग्रेसको तोडफोड

बिदुर नगरपालिकामा कांग्रेसको तोडफोड


बिदुर नगरपालिकामा नेपाली कांग्रेसका वडा अध्यक्ष तथा कार्यकर्ताले तोडफोड गरेका छन् ।

नेपाली कांग्रेस बिदुर वडा नं १३ को इकाई समितीले आयोजना गरेको भष्ट्र्चार बिरुद्दको आन्दोलन भण्डाफोर कार्यक्रममा अन्तर्गत बिदुर नगरपालिकामा ताला लगाउन खोज्दा प्रहरीले ताला लगाउन रोके पछि झडप सुरु भएको हो ।


झडपमा नेपाली कांग्रेस नेत्री तथा बिदुर नगरपालिका उपमेयर प्रत्यासी गिता अमात्य गम्भिर घाईते भएका छन् भने प्रहरी तर्फ ३ जना सामान्य घाईते भएका छन् ।घाईते अमात्यको सिटी हस्पिटल तथा प्रहरीहरुको त्रिशुली अस्पतालमा उपचार भैरहेको छ ।


नेपाली कांग्रेस नुवाकोट तथा बिदुर १३ नं इकाई समितीले बिदुर नगरपालिका वडां १३ र्मा संघीय सरकार बाट बिनियोजित भएको सुन्तला र कागती पकेट क्षेत्रको लागी छुट्टाईएको बजेट अनियमितता भयो भुक्तानी नदिनु भनि बारम्बार पत्राचार गर्दै आईरहेको थियो, तर बिदुर नगरपालिकाले उक्त कार्यक्रमको ११ लाख मध्ये ६ लाख भुक्तानी गरे पछि नेपाली कांग्रेसका कार्यकर्ता तथा वडा अध्यक्ष बिदुर नगरपालिकामा ताला लगाउन गएका थिए।केहि दिन अघि प्रसासकिय अधिकृत मोहनप्रसाद मरासिनीले वडा र सहकारी बाट आधिकारीक पत्र नपाठाए सम्म भुक्तानी नगर्ने भने पनि वडामा थाहै नदि भुक्तानी दिएकोले आन्दोलनामा उत्रनु परेको बिदुर नगरपालिका वडा नं ८ का वडाअध्यक्ष फैसिङ तामाङले बताए ।




क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot 100

प्रतिक्रिया दिनुहोस