Techie IT
गृहपृष्ठसमाचारत्रिशुली अस्पतालमा सहयोग गर्ने सबै दाताहरु को नाम खैै ?

त्रिशुली अस्पतालमा सहयोग गर्ने सबै दाताहरु को नाम खैै ?


त्रिशुली अस्पताल नुवाकोटले आफ्नो ५७ औं बार्षिकोत्सवको अबसरमा अस्पताल लाई सहयोग गर्ने दाताहरुको नाम सार्वजनिक गरेको थियो । जस्मा संस्था र ब्यक्ति गरेर जम्मा २७ जनाका्े मात्र नाम सर्वजनिक गरेको गरेको हो । मास्क र सेनिटाईजर लगाएत कम मुल्य पर्ने सामाग्री सहयोग आएको ब्यक्ति वा संस्थाको नाम सार्वजनिक गर्ने तर लाखौ रकम र लाखौ रकम बराबरको सामानको सहयोग आएको ब्यक्ति वा संस्थाको नाम किन सार्बजनिक नगरेको भन्दै अस्पतालका अध्यक्ष र मेडिकल सुपरिन्टेन्डेण्ट लाई सामाजिक संञ्जाल मार्फत नुवाकोटका सामाजिक संजाल प्रयोगकर्ता हरुले आक्रोस पोखेका छन् ।
सहयोग गर्नेको सुची सार्वजनिक गरे संगै फेसबुकमा बिभिन्न नकारात्मक टिप्पणीहरु आएपछि सोही बिषयमा यूवा समाजसेवी शंकर पाण्डे लगाएतका यूवाहरु संग मेडिकल सुपरिन्टेन्डेण्ट डा. दिपेन्द्र पाण्डे संग छलफ गरेपछि सो सुची सच्चाएर अहिले नया सुची सार्बजनीक गरेको छ तैपनी अझै सहयोग गर्ने सबै दाताहरुको नाम भने सार्बजनिक गरेको छैन।

यसै बिषय लाई लिएर यूवा समाजसेवी शंकर पाण्डे लगाएतका यूवाहरु संग मेडिकल सुपरिन्टेन्डेण्ट डा. दिपेन्द्र पाण्डे बिच भएको छलफल हेर्न तलको लिङ्क क्लिक गर्नुहोस ।




क्याटेगोरी : समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस