Techie IT
गृहपृष्ठसमाचारत्रिशुली अस्पताललाइ टेरेन साझा औषधि पसलले

त्रिशुली अस्पताललाइ टेरेन साझा औषधि पसलले


नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नं ९ त्रिशुली अस्पताल हातामा संचालित साझा औषधि पसल संचालकले अटेर गर्दै औषधि पसल संचालन गर्दै आएको छ । अस्पताल हाता भित्र पार्किङ लगायत आवत जावत गर्न असहज भए पछि जिल्ला अस्पतालले पटक पटक हटाउन पत्रचार तथा मौखिक जानाकारी गरि सकेको छ । तर पत्रको ब्यवास्ता गरि साझा औषधी पसलले दादागिरी सैलीमा पसल संचालन गर्दै आएको छ ।

साझा औषधी पसल
साझा औषधी पसल

त्रिशुली अस्पताल नुवाकोटले अस्पताल परिसरमा पार्कीङ, बिरामी आवत जावतमा असहज भयो भनेर साझा औषधी पसल लाई पत्राचार गरेको ६ महिना बिति सक्दा समेत औषधी पसल अटेर गरी बसेको हो ।

अस्पतालको ठिक काउन्टर अगाडी बाट औषधी बिक्रि गरिरहेको साझा स्वास्थ्य सेवा सहकारी बाट संचालित औषधी पसल लाई त्रिशुली अस्पतालले ब्यवस्थापन समिती पौष १५ गते बैठक बसी पौष २२ गते पत्राचार गरेको थियो तर औषधी पसल त्याहा बाट हट्ने कुनै छाटकाटनै छैन ।

 त्रिशुली अस्पतालले साझा औषधी पसललाई पत्राचार गरेको पत्र
त्रिशुली अस्पतालले साझा औषधी पसललाई पत्राचार गरेको पत्र


औषधी पसलले गर्दा एम्बुलेन्स , बिरामी आवत जावतमा कठिनाई आएकोले अन्यन्त्र हटाउन पत्राचार गरेपनी अहिले सम्म नहटाएको त्रिशुली अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा. दिपेन्द्र पाण्डेले बताउछन् ।
यता साझा स्वास्थ्य सेवा सहकारी माहा प्रबन्धक भरत ढकाल संग टेलीफोन सम्पर्क गर्दा २०५२ साल देखि सेवा दिदै आईरहेको संस्था लााई एक जना सुपरिन्टेन्डेण्ट आउदा भवन बना भनेर सम्झौता गर्ने र अर्को जना आउदा हटा भन्नाले मेडिकल सुपरिन्टेन्डेण्टको नियत माथीनै संका गर्नु पर्ने बताउछन् ।तर डा. पाण्डे भने त्यो सम्झौता अस्थाई भएको बताउछन ।

यस्तै अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष अर्जुनप्रसाद न्यौपाने स्वास्थ्य जस्तो संवे्दनसिल क्षेत्र लाई असहज हुने गरि ब्यापार नगर्न भन्दा अटेर गरे कानुनी प्रक्रिया बाट औषधी पसल लाई हटाउने बतउछन् ।

अस्पतालको फार्मेसी बाट औषधी किन्दै
अस्पतालको फार्मेसी

नुवाकोट रसुवा धादिङ गरि ३ वटा जिल्ला लाई सेवा दिदै आई रहेको त्रिशुली अस्पताल लाई साझा स्वास्थ्य सेवा सहकारी बाट संचालित औषधी पसलले बार्षीक १ लाख बराबरको भाडा तिर्दै आईरहेको छ ।

त्रिशुली अस्पताल र साझा बीच भएको भाडा को सम्झौता पत्र
त्रिशुली अस्पताल र साझा बीच भएको भाडा को सम्झौता पत्र




क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस