नुवाकोटको दुप्चेश्वर गाउपालिकाको ५ लाख सहयोग सिन्धुपाल्चोकको बाढी पीडितलाइ
नुवाकोटको दुप्चेश्वर गाउपालिकाको ५ लाख सहयोग
नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले सिन्धुपाल्चोक जिल्लाको हेलम्वु गाउँपालिकालाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
सिन्धुपाल्चोकको हेलम्वु गाउँपालिका वडा नम्बर १ मा असार १ गते पहिरो सहितको बाढीले ठूलो मात्रामा धनजनको क्षती गराएको थियो । उक्त क्षतीले उत्पन्न समस्यामा हातेमालो गर्नको लागि दुप्चेश्वर गाउँपालिकाले ५ लाख रुपैयाँ हेलम्वु गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिदिने निर्णय गरिएको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए । दुप्चेश्वर गाउँ कार्यपालिकाको आइतवारको वैठकले छिमेकी स्थानीय तह हेलम्वु गाउँपालिकालाई आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । दुप्चेश्वर गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा रहेको रकम मध्ये ५ लाख रुपैयाँ केही दिनमा हेलम्वु गाउँपालिकाको विपद व्यस्थापन कोषलाई उपलव्ध गराउने अध्यक्ष तामाङले बताए ।
छिमेकी स्थानीय तहलाई परेको पीडालाई कम गराउनु छिमेकी स्थानीय तहको कर्तव्य नै रहेको भन्दै अध्यक्ष तामाङले विपद व्यस्थापन गर्नलाई आर्थिक हिसावले सहज बनाउन गाउँपालिकाले उक्त निर्णय गरिएको उनले वताए । हेलम्वु गाउँपालिकासँग विकासात्मक काममा समेत सहकार्य र समन्वय हुने उनले वताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस