Techie IT
गृहपृष्ठसमाचार९७ बर्षे बृद्दाले जितिन् कोरोना

९७ बर्षे बृद्दाले जितिन् कोरोना


कोरोनाको कारण धेरै यूवाहरुले ज्यान गुमाउदै आएको हामीले सुन्दै आइरहेका छौ ।
तर ९७ बर्षे बृद्दालेचै कोरोना जितीन भनेको सुन्दा अचम्म नलाग्नेत कुरै भएन । असार १ गते कोरोना पोजेटिभ भएर किस्पाङ गाउँपालिका वडा नम्बर ४ की ९७ बर्षीया सोनाम घलेलाई उपचारको लागि त्रिशुली अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधार भई पुन पिसिआर परिक्षण गर्दा उनको पिसिआर नेगेटिभ आएकोले उनी अहिले आफ्नो घर फकिएकि छिन् । अवस्था सामान्य भएपछि उनलाई डिस्चार्ज गरिएको त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।
९७ वर्षको उमेरमा कोरोना जित्ने घले नुवाकोटको सबैभन्दा बढी उमेरको रहेको अस्पतालले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस