दक्षिण कोरिया पुगेका युवाहरुको समूहले त्रिशुली अस्पताल नुवाकोटलाई आई. सि.यु. वेड र आई.सि.यु. मोनिटर हस्तान्तरण गरे
आई. सि.यु. वेड र आई.सि.यु. मोनिटर हस्तान्तरण
‘सामाजिक एकता र समृद्ध नुवाकोट हाम्रो अठोट’ भन्ने उद्घोषको साथ रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुगेका युवाहरुको समूहले त्रिशुली अस्पताल नुवाकोटलाई आई. सि.यु. वेड र आई.सि.यु. मोनिटर हस्तान्तरण गरेको छ ।
‘नुवाकोट समाज दक्षिण कोरिया’ नामक सस्था स्थापना गरेर ती युवाहरुले नुवाकोटमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेको छ । कोरोना भाइरसको रोकथाम, नियनत्रण र उपाचार गर्नलाई अघिल्लो वर्ष त्रिशुली अस्पताल सहित जिल्लाका ९२ वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री ‘नुवाकोट समाज दक्षिण कोरिया’ले वितरण गरेको थियो ।
यस वर्ष त्रिशुली अस्पताललाई २ थान आई.सि.यु. वेड र २ थान आई.सि.यु. मोनिटर शुक्रवार हस्तान्तरण गरेको हो । ती सामाग्री त्रिशुली अस्पताललाई हस्तान्तरण गर्दै ‘नुवाकोट समाज दक्षिण कोरिया’ का प्रमुख सल्लाहकार राज दोङ तामाङले आफ्नो जन्म स्थानमा कोरोना भाइरस भाइरसले आक्रान्त पारेको अवस्थामा सबैले सकेको सहयोग गर्नुपर्छ र कोरोना भाइरसलाई परास्त गर्नुपर्छ भन्ने सल्लाह बमोजिम त्रिशुली अस्पताललाई आई.सि.यु. वेड र आई.सि.यु. मोनिटर उपलव्ध गराइएको बताए । दक्षिण कोरियामा कार्यरत नुवाकोटका युवाहरुबाट संकलित रकमबाट आई.सि.यु.वेड र आई.सि.यु. मोनिटर खरिद गरिएको प्रमुख सल्लाहकार दोङले बताए ।
दक्षिण कोरियामा नुवाकोटका १ हजार भन्दा वढी युवाहरु कार्यरत रहेका छन् । ‘नुवाकोट समाज दक्षिण कोरिया’ले केही समय पश्चात वेलकोटगढी नगरपालिकालाई एम्वुलेन्स उपलव्ध गराउने योजना बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस