Techie IT
गृहपृष्ठसमाचारछहरेमा संसद विघटनको विरोधमा मसाल जुलुस निकालियो

छहरेमा संसद विघटनको विरोधमा मसाल जुलुस निकालियो


संसद विघटनको विरोध गर्दै नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ६ छहरेमा वाइसीयलले मसाल जुलुस निकालेको छ ।

नेकपा माओवादी केन्द्र नुवाकोटका जिल्ला कमिटि सदस्य जनक थपलिया, लिखु गाउँपालिका वडा नम्बर ६ का वडाकमिटि अध्यक्ष महेन्द्र डङ्गोल तथा वाइसीयल लिखु गाउँपालिकाका इन्चार्ज सुमन भन्डारी नेतृत्वमा मसाल जुलुस निकालिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै वाइसीयलले विरोध प्रदर्शन गरेका हो ।प्रदर्शनका अवसरमा नेकपा माओवादी केन्द्र नुवाकोटका जिल्ला कमिटि सदस्य जनक थपलियाले प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रमूलक तरिकाले देशलाई दुर्घटनातिर लगेको बताएका छन् । उनले असंवैधानिक कदम विरुद्ध आफुहरुले मौन धारण नगर्ने बताए ।

यस्तै लिखु गाउँपालिका वडा नम्बर ६ का वडा कमिटि अध्यक्ष महेन्द्र डङ्गोलले कोरोना संक्रमणको महामारीको भयावह अवस्था सामना गरिरहेका जनताको जीवन झन् संकटतिर धकेलेको आरोप लगाएका छन ।

त्यस्तै वाइसीयल लिखु गाउँपालिकाका इन्चार्ज सुमन भन्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यराति संसद विघटन गरेर निरंकुश कदम चालेको भन्दै आन्दोलन गर्ने चेतावनी दिए ।




क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस