Techie IT
गृहपृष्ठसमाचारनुवाकोटमा जारी निषेधाज्ञा जेठ १८ गते राती १२ बजे सम्म लम्बिने

नुवाकोटमा जारी निषेधाज्ञा जेठ १८ गते राती १२ बजे सम्म लम्बिने


नुवाकोटमा जारी निषेधाज्ञा जेठ १८ गते राती १२ बजे सम्म लम्बिने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले कोरोना संक्रमणको फैलावट बढ्दो क्रममा रहेको भन्दै निषेधाज्ञा लागेको हो ।

यसअघि जारी गरिएको निषेधाज्ञा सोमबार राति १२ बजे बाट सकिँदै छ । जिल्लामा कोरोना संक्रमणको फैलावट बढ्दो क्रममा रहेको पुष्टि गर्दै डीसीसीएमसीको बैठकले निषेधाज्ञाको समय थप गर्न निर्णय गरेको हो । जस अनुसार जेठ १८ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिने भएको छ ।

डीसीसीएमसीको निर्णय अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) र संक्रामक रोग ऐन २०२० को दफा (२) बमोजिम जारी गरिएको निषेधाज्ञा, अझै संक्रमणको अवस्था नियन्त्रणमा आइनसकेको हुँदा जेठ १८ गतेसम्मका लागि निरन्तरता दिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निर्णयमा निषेधाज्ञा उलंघन गरेर हिँड्नेलाई संक्रामक रोग ऐन अनुसार कारवाही गर्न र नियमन गर्न जिल्लाका प्रहरी युनिटलाई निर्देशन दिएको छ । अत्यावश्क खाद्य सामग्री, तरकारी, फलफूल, औषधि (भेटनरी समेत) र स्वास्थ्य सामग्री सम्बन्धी पसल व्यवसाय नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरी विहान १० बजे सम्ममात्र खुल्ला गर्न निर्देशन दिएको छ ।

नुवाकोटमा आइतबार सम्म कोरोनाका कारण त्रिशुली आस्पतालमा ८ जनाको मृत्यु भएको छ भने ६ सय ९३ जना सक्रिय संक्रमित छन् । यस्तै संक्रमित संख्या २ हजार ६६ पुगेको छ भने कोरोन मुक्त भएर घर फर्किनीको संख्या १ हजार ३ सय ६५ जना रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस