नुवाकोटमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्युको हुनेको सङ्ख्या ४ पुग्यो
विदुर। नुवाकोटमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्युको हुनेको सङ्ख्या ४ पुगेको छ । कोरोना भाइरसको पहिलो चरणमा १ जनाको मात्रै मृत्यु भएको थियो भने चैत्रको अन्तिम साता देखि नुवाकोटमा सुरु भएको दोश्रो चरणको कोरोना भाइरसको कारण ३ जनाको मृत्यु भइसकेको छ । वुधवार तादी गाउँपालिका वडा नम्बर २ घर भएका ७२ वर्षीय पुरषको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको त्रिशुली अस्पताल नुवाकोटद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । यहि वैशाख २२ गते त्रिशुली अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएको र उहाँको अवस्था जटिल बन्दै गए पछि आई.सी.युं तथा भेन्टिलेटर कक्षमा राखेर उपचार गराउन थालिएको थियो । साथै उहाँको कोरोना भाइरस परिक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको निरन्तर निगरानीमा उपचार गर्ने क्रममा वुधवार विहान उहाँको मृत्यु भएको त्रिशुली अस्पताल नुवाकोटद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । मंगलवार लिखु गाउँपालिकाको वडा नम्बर २ मा बस्नुहुने ६६ वर्षीय महिलाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको स्वास्थ्य कार्यलय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले बताउनुभएको छ । उहाँको होमआइश्ुलेसनमा नै मृत्यु भएको हो । यस्तै विदुर नगरपालिका वडा नम्बर ९ मा बस्नुहुने ७७ वर्षीय महिलाको यहि वैशाख १३ गते मृत्यु भएको थियो । कोरोना भाइरसको पहिलो चरणमा शिवपुरी गाउँपलिकामा बस्नुहुने वृद्धाको मृत्यु भएको थियो । नुवाकोटमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेहरमा जेष्ठ नागरिक रहेका छन् । मृतकहरुको हकमा विश्लेषण गर्दा दीर्घ रोगी, उपचार गर्न तथा औषधी लिनलाई अस्पताल धाइरनुपर्ने अवस्थामा रहेका र कोरोना भाइरससँग सम्वन्धित लक्षणहरु देखिएको कारण परिक्षण गरिएको थियो । कोरोना भाइरस सङ्क्रमण पुष्टि भए पश्चात मृत्यु भएमा साविक रहेको रोगको कारण भन्दा पनि कोरोना भाइरस सङ्क्रमणकै कारण मृत्यु भएको भन्ने गरिएको स्वास्थ्य कार्यलय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले बताउनुभएको छ ।
कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएमा राष्ट्रिय निर्देशिका अनुसार धर्म संकार, परम्परा अनुसार जनप्रतिनिधि, सुरक्षाकर्मीको निगरानीमा स्वास्थ्य मापदण्ड अपराएर दाहसस्कार गर्ने गरिएको स्वास्थ्य कार्यलय नुवाकोटका सूचना अधिकारी खनालले बताउनुभएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस