Techie IT
गृहपृष्ठसमाचारनुवाकोटमा थपिए ४५ जना कोरोना भाइरस सङ्क्रमित, अन्य जिल्लाबाट नुवाकोट आएका व्यक्तिहरुलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टाइनमा बसिदिन स्वास्थ्य कार्यलयको आग्रह ।

नुवाकोटमा थपिए ४५ जना कोरोना भाइरस सङ्क्रमित, अन्य जिल्लाबाट नुवाकोट आएका व्यक्तिहरुलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टाइनमा बसिदिन स्वास्थ्य कार्यलयको आग्रह ।

नुवाकोटमा थपिए ४५ जना कोरोना भाइरस सङ्क्रमित,


विदुर । नुवाकोटमा ४५ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ४३ जनाको पिसिआर परिक्षण गर्दा ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै १६ जनाको एन्टिजेन परिक्षण गर्दा ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय नुवाकोटले जनाएको छ । थप भएका सङ्क्रमितहरुमा विदुर नगरपालिकाका ३२, वेलकोटगढी नगरपालिकाका र लिखु गाउँपालिकाका ४÷४, ककनी, दुप्चेश्वर, किस्पाङका १÷१ र तारकेश्वर गाउँपालिकाका २ जना रहेका छन् ।
शनिवार थपिएका सङ्क्रमित सँगै जिल्लामा हाल १ सय ६७ जना सक्रिय सङ्क्रमित रहेका छन् । ती मध्ये १२ जना अस्पतालको आइशुलेसनमा र १ सय ५५ जना होमआइशुलेसनमा रहेको स्वास्थ्य कार्यलय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभएको छ ।
जिल्लामा कुल कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय ४१ पुगेको छ भने १ हजार १ सय ७२ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यलय नुवाकोटका सूचना अधिकारी खनालले जानकारी दिनुभएको छ । त्यस्तै कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुने सङ्ख्या २ रहेकोे छ ।
केही दिन यता नुवाकोटमा कोरोना भाइरस सङ्क्रमितको दर बढिरहेकोले सम्पूर्ण जिल्ला वासीलाई विशेष सावधानी अपनाउन स्वास्थ्य कार्यलय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले आग्रह गर्नुभएको छ । अत्यावस्यक काम बाहेक घर वाहिर ननिस्कन, निस्कनै परेमा स्वास्थ्य सावधानी अपनाउन, भिडभाडमा नजान, २ मिटरको सामाजिक दुरी कायम राख्न, अनिवार्य मास्कको प्रयोग गर्न उहाँले आग्रह गर्नुभएको छ । साथै अन्य जिल्लाबाट नुवाकोट आएका व्यक्तिहरुलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टाइनमा बसिदिन र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्नलाई समेत स्वास्थ्य कार्यलय नुवाकोटका प्रमुख घिमिरेले आग्रह गर्नुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस