लिखु १ नं वडाले अब आफ्नै भवन बाट सेवा प्रभाह गर्ने
आफ्नै भवन बाट सेवा प्रभाह
लिखु गाउपालिका वडा नं १ ले अब आफ्नै भवन बाट सेवा प्रभाह गर्ने भएको छ ।
जिल्ला समन्वय समिती नुवाकोटका प्रमुख सन्तमान तामाङले भवनको उद्घाटन गर्दै आईतबार बाट वडाले आफ्नै भवन बाट सेवा प्रभाह गराउने बताएका हुन् ।
तामाङले हिजोको जस्तो जनताहरुले सानोतिनो कामको लागी पनि २ दिन सम्म सदरमुकाम धाउन पर्ने अबस्थाको अन्त्य भएको बताए । उनले सिंहदरबार घरघरमा आएको महशुश जनताहरुले गर्न थालेको बताए ।
यस्तै कार्यक्रममा लिखु गाउपालिकाका अध्यक्ष ध्रुब श्रेष्ठले लिखु गाउपालिकामा बिकाशले गति लिएको बताए । लिखु गाउपालिकाको प्रत्यक वडाको मुहार स्थानिय सरकार आएपछि फेरिएको र लिखु गाउपालिका सम्बृद्ध लिखु गाउपालिकाको बाटोमा अगाडी बढेको बताए ।
गत असार ५ गते शिलन्यास गरिएको वडा भवन निर्माणको जिम्मा ज्योति निर्माण सेवाले पाएको थियो । ५९ लाख बजेट छुट्टाईएको भवनमा जिल्ला समन्वय समिती नुवाकोटको ६० प्रतिशत र लिखु गाउपालिकाको ४० प्रतिशत रकम रहेको थियो । जस्मा ज्योती निर्माण सेवाले ३४ प्रतिशत बिलोमा ठेक्का पाएको थियो । भवन १ तले रहेको छ जस्मा ३ वटा कोठा, एउटा हल र कमपाउण्ड बनेको छ ।
कार्यक्रममा लिखु गाउपालिकाका उपाध्यक्ष रोजिना राई, वडा १,२,५ र का वडा अध्यक्ष लगाएतको उपस्थिती रहेको थियो ।
जग्गा दाता लाई सम्मान
लिखु गाउपालिका वडा नं १ को वडा कार्यालय भवन निर्माणको लागी जग्गा दान गर्ने दाता लाई सम्मान गरिएको छ ।
वडा भवन उद्घाटन समारोरहमा जग्गा दाता दुर्गा लामिछाने र धर्मदत्त लामिछाने लाई सम्मान गरिएको हो ।
वडा भवन निर्माणको लागी दुर्गा लामिछानेले १५ आना २ पैसा र धर्मदत्त लामिछानेले २ आना ,जग्गा दान गरेका थिए ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस