Techie IT
गृहपृष्ठसमाचारकाम भएन भन्नेहरु राष्ट्रिय गौरव आयोजनाहरुको प्रगती प्रतिशत हेरः प्रदेसशभा सदस्य मैनाली

काम भएन भन्नेहरु राष्ट्रिय गौरव आयोजनाहरुको प्रगती प्रतिशत हेरः प्रदेसशभा सदस्य मैनाली


केपी ओली प्रधानमन्त्रि भएको बेलामा काम भएन भन्नेहरु लाई राष्ट्रिय गौरव आयोजनाहरुको प्रगती प्रतिशत हेर्न ने.क.पा(एमाले) नुवाकोटका अध्यक्ष एवं प्रदेसशभा सदस्य बद्रि मैनालीले आग्रह गरेका छन् ।

नया बर्ष २०७८ को शुभकामना आदान प्रदान तथा ने.क.पा(एमाले) लिखु गाउपालिकाको पार्टी कार्यालय उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै प्रदेसशभा सदस्य मैनालीले बर्तमान सरकारको पालामा भएको जती बिकास अरु कुनै पनि सरकारको पालाम नभएको र हुन पनि नसक्ने बताए । उनले प्रधानमन्त्रिले आफ्नो घर जोगाउन लिएको निर्णय सहि साबित भएको बताए । यदि प्रधानमन्त्रि ज्यूले आफ्नो अडान छोड्नुभएको भए नेपालमा कमफ्रटेबल सरकार बन्ने र देश छिमेकीले देशले संचाल गर्न सक्ने समेत खतरा भएको बताए ।

यस्तै कार्यक्रममा लिखु गाउपालिका वडा नं २ का वडा अध्यक्ष भिमबहादुर घलेले लिखुमा नेकपा एमाले सधै बलियो रहेको दाबी गरेका छन् । अब लिखुमा एमाले अझै बलियो बनाउन नया बेस बनाएर अगाडी बढ्नु पर्ने बताए ।
कार्यक्रममा लिखु गाउपालिका वडा नं ३ का वडा अध्यक्ष भोला सेडाइल ेदेशलाई सम्बृद्ध बनाउन एमालेको सरकार बाहेकको बिकल्प नरहेको बताए ।


यस्तै वडा नं ५ का वडा अध्यक्ष रामकृष्ण श्रेष्ठले पार्टी भनेर लागेका कार्यकर्ता लाई माथिल्लो तहका नेताहरुले संरक्षणका साथै उचित ब्यवस्थापन गर्नु पर्ने बताए ।
कार्यक्रममा लिखु गाउ कमिटीका पधाधिकारी लगाएतले मन्तब्यको क्रममा पार्टिलाई धोका दिनेहरु लाई कार्वाही गर्दै नया ढङ्ग बाट पार्टी लाई अगाडी बढाउनु पर्नेमा जोड दिएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस