११९ बर्षे बाटुली आमाको घर निर्माणमा सांसद मैनालीको सहयोग
बाटुली आमाको घर निर्माणमा सांसद मैनालीको सहयोग
नेपालकै सबैभन्दा जेष्ठ नागरिकको रुपमा परिचित बाटुली लामिछानेको ११९औँ जन्मदिनको अवसरमा निजि आवासको निर्माण कार्य थालिएको छ ।
ककनी गाउँपालिका वडा नम्बर ८ निवासी उहाँको मंगलबार जम्नदिन परेको थियो । जन्मदिनको अवसरमा प्रदेश संसाद बद्री मैनालीबाट प्राप्त संसाद विकास कोषबाट विनियोजित बजेटबाट लागनी गर्ने गरी “बाटुली लामिछाने आवास” को निर्माण कार्य थालिएको हो । आवसको लागि सांसदक कोेषबाट १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रदेश सांसद मैनालीले जानकारी दिनुभएको छ ।
स्थानीय देवकी धितालले निशुल्क उपलव्ध गराउनुभएको ८ आना जग्गामा उक्त आवास निर्माण गर्न लागिएको हो । बाला फाउण्डेसनको आयोजनामा भएको एक कार्यक्रमको बिच सांसद मैनालीले आवासको सिलन्यास गर्नुभएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
प्रतिक्रिया दिनुहोस