Techie IT
गृहपृष्ठसमाचारप्रथम छहरे ऐतिहाँसिक महोत्सव एवम् व्यापार मेलाको उद्घाटन नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महत गर्ने

प्रथम छहरे ऐतिहाँसिक महोत्सव एवम् व्यापार मेलाको उद्घाटन नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महत गर्ने


नुवाकोटको प्रथम छहरे ऐतिहाँसिक महोत्सव एवम् व्यापार मेलाको उद्घाटन नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाश शरण महतले शुक्रबार गर्ने भएका छन।

 

प्रथम ऐतिहाँसिक महोत्सवको उद्घाटन डा.महतले भोली शुक्रबार गर्ने आयोजक लिखु गाउँपालिकाका अध्यक्ष धुव श्रेष्ठले जानकारी दिएका छन ।महोत्सव लिखु गाउँपालिकाको कुमालठाँटीमा फागुन १४ देखि २२ गतेसम्म चल्नेछ ।

समग्र नुवाकोट जिल्लाको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोककला, संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव गर्न लागेको महोत्सव तयारी समितिका संयोजक सानु केसीको भनाइ छ । महोत्सवमा स्थानीय कृषि सामग्री, धार्मिक तथा पर्यटकीय स्थानको प्रचार–प्रसार गरिने छ । स्थानीय झाँक्री, लाखेनाच, धामीनाच, धिमेनाच, लोकदोहोरी, खैँचडी, भजनको समेत महोत्सवको आकर्षण रहने जनाइएको छ । झन्डै दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको उक्त महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत रहने छ ।

लिखु गाउँपालिकाको सहयोगमा हुन गइरहेको महोत्सवको व्यवस्थापन ज्योति फिल्मले गरेको छ । लिखु गाउँपालिकाका प्रमुख ध्रुव श्रेष्ठले प्रथम छहरे ऐतिहासिक महोत्सवले समग्र नुवाकोट जिल्लाको पर्यटकीय विकास तथा लिखुको लोककला संस्कृतिको संरक्षण गर्नेे बताएका छन । अध्यक्ष श्रेष्ठले पर्यटकीय विकास, लोककला संरक्षणका साथै लिखुको कृषि पेसालाई बजारीकरण गर्न सहयोग पुग्ने भएकोले नै लिखु गाउँपालिकाले महोत्सवको आयोजना गरेको बताए ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस