Techie IT
गृहपृष्ठसमाचारप्रथम ऐतिहासिक छहरे महोत्सव सफल बनाउन स्थानिय यूवाहरु लागि परे

प्रथम ऐतिहासिक छहरे महोत्सव सफल बनाउन स्थानिय यूवाहरु लागि परे


महोत्सव तथा ब्यापार मेला २०७७ लाई सफल बनाउन ११ जना यूवाहरुको उप समिती गठन गरिएको छ ।
आज सर्वदलिय बैठक बसि स्थानिय प्रकाश डंगोलको संयोजनमा ११ जना सदस्यि उप समिती गठन गरिएको हो ।
संयोजक प्रकाश डंगोल सहित सदस्यहरुमा बासु थपलिया,राजन अधिकारी,नवराज थापा,बिज्ञान राई,सोबिता परियार,प्रल्हाद पाठक,प्रकाश कोईराला,सुवास श्रेष्ठ,सुमन जिसी,रबिन डंगोल,जनक थपलिया र राम श्रेष्ठ रहेका छन् ।
उपसमितीमा बस्नेहरुले स्थानिय स्थरमा देखिने समस्या समाधान गर्ने, लुकेको प्रतिभा, धार्मिक पर्यटकिय स्थल, लिखुमा उत्पादन हुने कृषि सामाग्रीहरु लगाएतको बिषयमा ब्यवस्थापन पक्ष लाई जानकारी गराउने (समन्वय) गर्ने लगाएत को जिम्मेवारी उपसमिती लाई दिईएको प्रथम ऐतिहासिक छहरे महोत्सवका संयोजक सेरबहादुर के.सी(सानु के.सी)ले जानकारी दिए ।
पर्यटकिय बिकाश,लोक कला संरक्षणका साथै लिखुको कृषि पेशालाई बजारिकरण गर्ने उद्देश्यले २०७७ फागुण १४ गते देखि २२ गते सम्म लिखु गाउपालिका वडा नं ६ कुमाल ठाटीमा महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । महोत्समा समग्र आम्दानी तर्फ ४८ लाख ५० हजार र खर्च तर्फ ४७ लाख अनुमान गरिएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस