Techie IT
गृहपृष्ठसमाचारप्रचण्ड कमरेडलाई सुर्य चिन्ह मेरो हो भन्न लाज लाग्दैन ?ः प्रदेशसभा सदस्य मैनाली

प्रचण्ड कमरेडलाई सुर्य चिन्ह मेरो हो भन्न लाज लाग्दैन ?ः प्रदेशसभा सदस्य मैनाली


सुर्य चिन्हमा परेको भोट च्यातेका प्रचण्ड लाई सुर्य चिन्ह मेरो हो भन्न लाज लाग्नु पर्ने प्रदेशसभा सदस्य बद्री मैनालीले बताए ।
नेकपा नुवाकोटको सुर्यगढी गाउँपालिका स्तरिय बैठकमा प्रदेशसभा सदस्य मैनालीले पहिला सुर्य चिन्हमा परेको भोट च्यात्नले अहिले तेहि चिन्हको लागी रोडमा धर्ना दिएको कत्ति पनि नसुहाएको बताएका हुन् । मैनालीले प्रधमनमन्त्रि ओलीले राष्ट्रियता र बिकासका लागि लिएको एजेण्डाबाट आत्तिएर देशी बिदेशी शक्ती गाठजोड गरी ओलीलाई हटाउने असफल प्रयास गरेको र उक्त षडयन्त्र असफल पार्न ओलीले संसद विघटन गरेको बताए ।
नेकपा नुवाकोटको सुर्यगढी गाउँपालिका स्तरिय बैठकले आफुलाई मुलधारको नेकपाको पक्षमा उभ्याएको छ । नेकपा सुर्यगढी गाउँपालिकाका अधिकांस नेकपा सदस्यहरुले प्रधानमन्त्री केपी ओलीले चालेकोे कदमको स्वागत गर्दै आफुहरु नेकपा मुलधारमा रहेको सन्देश दिएका छन ।
नेकपाका अधिकांस स्थानिय नेता तथा अगुवा कार्यक्र्ता उत्त बैठक मा उपस्थित थिए । बैठकले सुर्यगढी गाउँपालिकाका वडा कमिटीहरु पुनर्गठन गरेको छ ।

 


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस