Techie IT
गृहपृष्ठसमाचारहामिलाई जनताले ५ बर्षको लागी पठाएको हो ः पुर्व मन्त्रि एवं सघिय सांसद तामाङ

हामिलाई जनताले ५ बर्षको लागी पठाएको हो ः पुर्व मन्त्रि एवं सघिय सांसद तामाङ


पर्व युवा तथा खेलकुद मन्त्रि एवं संघिय सांसद हितबहादुर तामाङले आफुहरु लाई जनताले ५ बर्षको लागी पठाएको बताए । लिखु गाउपालिका वडा नं २ मा रहेको श्री नया बस्ति कृषक कृषी सहकारी संस्थाको १५ औं बार्षिक शाधारण शभा लाई सम्बोधन गर्ने क्रममा तामाङले जनताले ५ बर्ष को लागी भनेर पठाईसके पछि कुनै एक ब्यक्तिको स्वार्थको लागी मैले हटाए भन्दैमा हामी नहट्ने बताए । संबिधानमै नभएको कुरा लाई लिएर जनताको मत लाईनै बेवास्ता गरेर लिएको निर्णय आफुहरु लाई कहिल्यै मान्ने नहुने तामाङले बताए ।
यस्तै कार्यक्रममा लिखु गाउपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले कृषकहरु लाई आवश्यक पर्ने बिउ बिजन रासायनिक मल लगाएतमा समस्या रहित तरिकाले सहकारी संग मिलेर गाउपालिकाले बितरण गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले कृषकहरुको हक हितको लागी आफु अहोरात्र खटिने बताए ।
सहकारीको १५ औं बार्षिक शाधारण सभाले सहकारीको अध्यक्ष फेरी पनि विबेक ढकालनै चयन भएका छन् ।
ढकालको नया बस्ती कृषक कृषी सहकारीमा यो तेश्रो कार्यकाल हो ।
यस्तै सहकारीको १५ औं बार्षिक शाधारण सभाले अध्यक्षमा ढकाल लाई घोषणा गरे संगै उपाध्यक्षमा प्रकाश कुवर, सचिवमा रामधन ढकाल, कोषाध्यक्षमा प्रकाश ढकाल र सदस्यहरुमा सुब्बा तामाङ। दिपक तामाङ, सानुमाया राज भण्डारी, गोर्कण लामिछाने र युवराज ढकाल लाई चयन गरेको छ ।
यस्तै लेखा समिती संयोजकमा धर्मप्रसाद अधिकारी ,सदस्यमा शारदा प्रसाद ढकाल र सञ्जिव लामिछाने लाई चयन गरेको छ ।
कार्यक्रममा लिखु गाउपालिकाका बिभिन्न वडाका वडा अध्यक्ष लगाएतको उपस्थिती रहेको थियो ।

 


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस