ओली पक्षीय र प्रचण्ड माधव पक्षिय कार्यकर्ता विच नुवाकोट पार्टी कार्यालयको चावी खोसाखोस
नेकपा राजनीतिक रुपमा विभाजन भईसकेपछि जिल्लामा पनि त्यसको प्रभाव देखिन थालेको छ । नुवाकोट सदरमुकाम विदुरमा रहेको पार्टी कार्यालय कुन समुहको स्वामित्वमा रहने भन्ने विवाद भएको छ।
विहिवार विहान ओलीपक्षिय केन्द्रीय सदस्यको उपस्थितीमा चियापान कार्यक्रम आयोजना हुने क्रममा ओली पक्षीय र प्रचण्ड माधव पक्षिय कार्यकर्ता विच पार्टी कार्यालयको चावी खोसाखोस भएको हो । जिल्ला नेतृत्व प्रचण्ड माधव पक्षको रहेकोले पार्टी कार्यालयको साँचो सोही पक्षसँग थियो । ओली पक्षीय केन्द्रिय सदस्यद्धय केशब पाण्डे र विन्दा ढुङ्गानाको उपस्थितीमा सो पक्षले गर्न लागेको चियापानका लागि चावि नदिएको भन्दै सो पक्षले ताला फोडेर चियापान तथा कार्यकर्ता भेला गरेको हो । आकस्मिक रुपमा तय भएको भनिएपनि ओली पक्षले चियापान आयोजना गरी पार्टी कार्यालय आफ्नो स्वामित्वमा रहने जनाउ दिन खोजेको भन्दै अर्को पक्षले सहज रुपमा चावी नदिएको दावि गरेको छ । कार्यालय प्रबेशसँगै ओली पक्षीय केन्द्रीय सदस्य एवं वागमती प्रदेशसभाका नेकपा प्रमुख सचेतक केशव पाण्डेले पार्टी कार्यालय आफ्नो समुहको स्वामित्वमा रहने वताए । सामान्य कार्यकर्ता भेटघाटको लागि समेत अर्को पक्षले नदिएको भन्दै उनले आपती जनाए ।
ओली पक्षीय नेता कार्यकर्ता निस्किएपछि प्रचण्ड माधव पक्षले पुन ताला फोड्ने प्रयास गरेकोमा ओली पक्षले चावी दिएपछि प्रचण्ड माधव पक्षले पनि पार्टी कार्यालयमा चियापान सम्पन्न गरेको छ । प्रचण्ड माधव पक्षले पार्टी कार्यालयमा हसिया हथौडा अंकित झण्डा गाढेका छन् । नुवाकोटमा जिल्ला अध्यक्ष सहित दुईवटै प्रतिनिधीसभाका सांसद माधव पक्षमा रहेका छन् भने ओली पक्षले जिल्लाका पाँच जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस