यूवा शक्ति लाई परिचालन गरेमात्र देशको बिकाश सम्भव हुन्छ ः समाजसेवी श्रेष्ठ
यूवा शक्ति लाई परिचालन गर्न नसक्नालेनै नेपालमा सोचेअनुसारको बिकाश नभएको नेकपा नुवाकोटका सचिवालय सदस्य एवं समाजसेवी पुर्णलाल श्रेष्ठले बताए ।
लिखु गाउपालिका वडा नं २मा रहेको सुन्दरिटार यूवा क्लव र लायन्स क्लव अफ काठमाडौ डाउन टाउनको सयूक्त आयोजनामा भएको निम्न बर्गिय परिवार र अपाङग्ता भएका ब्यक्तिहरु लाई कम्बल बितरण गर्ने कार्यक्रममा उनले यूवा लाई परिचालन गरेमात्र देशको मुहार फेरिने बताएका हुन् । श्रेष्ठ लायन्स क्लव अफ काठमाडौ डाउन ठाउनको अध्यक्ष समेत रहेका छन् ।
यस्तै कार्यक्रममा लिखु गाउपालिकाका उपाध्यक्ष रोजिना राईले अशक्तहरु लाई सहयोग गरे धर्म कमाउन मन्दिर धाउन नपर्ने बताए । उनले आगामी दिनमा यस्ता कार्यक्रममा भएमा लिखु गाउपालिका र आफ्नो ब्यक्तिगत तर्फ बाट समेत सहयोग गर्ने प्रत्तिबद्धता ब्यत्त गरेका छन् ।सुन्दरिटार यूवा क्लव र लायन्स क्लव अफ काठमाडौ डाउन टाउनको सयूक्त आयोजनामा भएको कार्यक्रममा ५५ जना निम्न बर्गिय परिवार, अपाङगता भएका ब्यक्तिहरु लाई कम्बल बितरण गरिएको छ । कम्बल बितरण गर्न लायन्स क्लब अफ मिरमिरेले सहजिकरण गरेको थियो ।
कार्यक्रममा लिखु गाउपालिका वडा नं २ का वडा अध्यक्ष भिमबहादुर घले, लायन्स क्लव अफ काठमाडौ डाउन टाउनका उपाध्यक्ष सुमन पाठक,लिखु गाउपालिकाका श्रोत ब्यक्ति महेश्वर पाण्डे,लिखु गाउपालिका नेकपा ईन्चार्ज धर्म अधिकारी, सुन्दरीटार यूवा क्लवका सल्लाहकार समितीका सदस्य बिवेक ढकाल लगाएतले यस्ता कामले गरिव,दुखि हरु लाई थोरै भएपनि घाउमा मलम लगाउने काम भएको बताएका थिए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस