हिन्दु राष्ट्र् र राजसंस्था पुर्नस्थापनाको माग गर्दै नुवाकोटमा प्रर्दशनी
हिन्दु राष्ट्र् र राजसंसथाको माग गर्दै आईतबार नुवाकोटमा प्रर्दशनी गरिएको छ ।
रा.प्र.पा नुवाकोट, क्षेत्री समाज नुवाकोट, बिश्व हिन्दु महासंघ लगाएतले आयोजना गरेको बिरोध ¥याली नुवाकोटको सदरमुकाम बिदुर बाट सुरु गरि बट्टारमा पुगी कोणशभामा परिणत भएको थियो ।
कोणशभामा बोल्दै प्रमुख अतिथी पुर्व अर्थमन्त्रि एंव रा.प्र.पा केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले यो सरकारले आफु र आफ्नो आफन्तलाई पाल्ने भन्दा अरुकाम नगरेको बताए । उनले एक राजा हटाएर सयौ राजा आए पछि देश लाई भष्ट्र्चार हुने देशहरुमा नेपाल लाई पहिलो नम्बरमा ल्यनएको र ति भष्ट्र्चारीहरुलाई प्रधानमन्त्रिलेनै संरक्षण गरिरहेको बताए । जनताको हक र हितको लागी काम गर्छु भनेर जनता लाईनै लुट्ने हरु प्रति अब रा.प्र.पाले खबरदारी गर्ने बताएका छन् ।
यस्तै कार्यक्रममा बरिष्ट अधिबक्ता बालकृष्ण न्यौपानेले भष्ट्र्चार निर्मुल पार्न,बाह्य हस्तक्षप कम गर्न राजसंस्थाको पुर्न सथापना हुनु भन्दा अरु बिकलप नरहेको बताए ।
मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भए सगै अपराधीहरुको संरक्षण, भष्ट्र्चार मौलाउनुका साथै मुलुकको अस्तित्वनै धरापमा परेकोले मुलुकको अस्तित्व जोगाउन हिन्दु राष्ट्र् सहित राजतन्त्र स्थापना हुनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
क्याटेगोरी :
समाचार
प्रतिक्रिया दिनुहोस