पोखरामा प्याराग्लाइडिङ्ग गर्न गएका भारतीय पर्यटकको मृत्यु
पोखरामा प्याराग्लाइडिङ्ग गर्न गएका भारतीय पर्यटकको मृत्यु भएको छ ।
भारतको आन्द्र प्रदेशबाट काठमाडौं इटर्नसिप गर्न काठमाण्डौ आएका युवा किशोर बिल्लीको उपचारको क्रममा चरक मेमोरियल अस्पतालमा मृ त्यु भएको हो । आफ्नो पढाई पूरा गर्न काठमाण्डौ आएका १३ जना विधार्थी पोखरा घुम्नको लागी गएका थिए । बिहिवार राती अचेत भएपछी उनलाई अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुबाष हमालले जानकारी दिए । डाक्टर पढ्दै गरेका उनिहरु ४ महिला र ९ पुरुष पोखरा गएका थिए । उनिहरु लेक साइडको एक होटलमा बसेका थिए । धूम्रपान मात्र गरिरहने बिल्लीले लस्सीमा रक्सी मिसाएर खाएको बताइएपनी पोस्टमार्टम रिपोर्ट आउन बाकीँ रहेको प्रवक्ता हमालले बताएका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस