अधिकारी दाजु भाईले गरे स्वास्थ्य भवन निर्माणको लागी ७ रोपनी जग्गादान
सुर्यगढी गाँउपालिका वडा नम्बर २ निबासी दुई अधिकारी दाजुभाईले स्वस्थ्य भवन निर्माणको लागि जग्गादान गरेका छन् । वडा नम्बर २ का शिवप्रसाद अधिकारी र निराजन अधिकारीले आफ्नो नाममा रहेको ७ रोपनी जग्गा गाँउपालिकाको नाममा दान गरेका हुन् ।
गाँउपालिकाका अध्यक्ष शन्तबहादुर घलेको अनुरोधमा सुर्यगढी गाँउपालिकाको प्राथमिक स्वास्थ्य भवन निर्माणको लागी ७ रोपनी जग्गा गाँउपालिकाको नाममा निःशुल्क प्रदान गरेको गाँउपालिकाले जनाएको छ ।
जग्गाको अभावमा निर्माण हुन नसकेको ९ करोड रुपैयाँको लागत रहेको प्राथमिक स्वास्थ्य भवनकोे लागी २० लाख रुपैयाँ बराबरको जग्गा निशुल्क रुपमा गाँउपालिकालाई उपलब्ध गराईएको अधिकारी दाजुभाईले बताएका छन ।
जग्गा प्राप्तिपछि भवन निर्माणको लागी सहज भएकाले टेण्डर प्रक्रिया मार्फत निर्माण कार्य तत्कालै अगाडी बडाईने गाँउपालिकाका अध्यक्ष घलेले बताए ।
गाँउपालिकाको अन्य कार्यालयहरु निर्माणको लागीपनि बजेट आएको तर जग्गा अभावका कारण निर्माण गर्न नसकिएकाले निशुल्क उपलब्ध गराउन सक्ने नागरिकलाई गाँउपालिकामा सम्पर्क गर्न अध्यक्ष शन्तबहादुर घलेले आग्रह समेत गरेका छन ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस