Techie IT
गृहपृष्ठसमाचारनुवाकोटमा नदि दोहन र बालुवा चोरी निकासी रोकियो ः एसपी काफ्ले

नुवाकोटमा नदि दोहन र बालुवा चोरी निकासी रोकियो ः एसपी काफ्ले


नुवाकोटमा अबैध रुपमा नदी दोहन गर्ने र बालुवा चोरी निकासी गर्ने क्रम रोकिएको प्रहरीको दावी रहेको छ । तर प्रहरीको एक तथ्याङ्कले नै अबैध नदी दोहन र बालुवा चोरी निकासी देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असार १ गतेदखि आजसम्म १५ वटा सवारी साधनहरु प्रहरीको नियन्त्रणमा आएको छ । यसरी प्रहरी नियन्त्रणमा आउने साधनमा बालुवा बोक्ने सवारी साधन मात्रै छैन, बालुवा निकाल्न प्रयोग गरिएको स्काभेटर पनि छ । नुवाकोट प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेका अनुसार अहिलेसम्म १० वटा ट्रिफर र एउटा स्काभेटरलाई कारबाहीको लागी जिल्ला समन्वय समिति नुवाकोटमा पठाएको बताए ।
तीन वटा ट्रिफर र एउटा स्काभेट सोमबार नियन्त्रणमा लिइएको छ भने तिनीहरुलाई कारबाही प्रक्रृया थालिने भएको छ । यस अघि कारबाहीमा परेको बालुवा चोरीमा सम्लग्न सामाग्रीहरुबाट जिल्ला समन्वय समितिमा एक लाख ७० हजार रुपैयाँ राजश्व आम्दानी भएको छ ।
प्राकृतिक श्रोतसाधनको अनुगमन तथा यससंग सम्वन्धित अन्य काम र नीतिगत व्यवस्थाको जिम्मा जिल्ला समन्वय समितिलाई दिइएको छ । अघिल्लो वर्षसम्म जिल्ला प्रशासन कार्यालयमा रहेको यो अधिकालाई संघीयता कार्यान्वयको लागि भन्दै संघीय सरकारले ब्यवस्था फेरेको हो ।
यसअघि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने यो समितिको संयोजकमा अब जिल्ला समन्वय समितिका प्रमुख छन् । जिसस नुवाकोटका प्रमुख सन्तमान तामाङको अध्यक्षतामा असार २८ गते बैठक बसेर यस पटक नुवाकोटका नदीहरुबाट एक चिम्टी बालुवा पनि चोरी हुन नदिने ‘कडा’ निर्णय गरेको हो । सोही निर्णय कार्यान्वयका लागि नुवाकोट प्रहरीले दिनरात नै नदीहरुमा र सम्भावित बालुवा चोरी हुने स्थानहरुमा पहरा दिँदै आएको छ ।
तरपनि बालुवा चोरीको घटनमा भने नियन्त्रण आएको छैन । यसमा प्रहरीको सम्लग्नता नदेखियोस् भनेर जिल्ला प्रमुख एसपी काफ्लेले नदीको निगरानमिा बस्ने प्रहरीहरुलाई दैनिक रुपमा परिवर्तन गर्दै आउनुभएको छ । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले अघिल्लो वर्षमा भुकम्पको पुनर्निमाणका लागि आफुहरुले आँखा चिम्लिएको भएपनि यस पटक शुन्यसहनशिलता अपनाउने बताउँदै आएका छन् । साउन १ गतेदेखि भदौ मसान्तसम्म नदीमा मेसिन प्रयोग गरेर बालुवा निकालन नेपालको कानूनले प्रतिवन्ध लगाएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस