Techie IT
गृहपृष्ठसमाचारलिखु गाउपालिकाको आर्थीक बर्ष २०७७÷०७८ को निति तथा कार्यक्रम सर्वजनिक गरिएपनि पारित हुन बाकी

लिखु गाउपालिकाको आर्थीक बर्ष २०७७÷०७८ को निति तथा कार्यक्रम सर्वजनिक गरिएपनि पारित हुन बाकी


लिखु गाउपालिकाको आर्थीक बर्ष २०७७÷०७८ को निति तथा कार्यक्रम सर्वजनिक गरिएपनि पारित हुन बाकी रहेको छ ।
२०७७÷०७८ को निति तथा कार्यक्रम र बजेट गउपालिकाका उपाध्यक्ष रोजिना राईले प्रस्तुत गरेका थिए । सो निति तथा कार्यक्रम उपर सभा सदस्य कृष्णराज भेटवाल,माधव दुलाल,दलबहादुर राई र सञ्जु राईले आ आफ्नो सुझाव राखेका थिए । गाउसभामा उठेका सुझावहरु लाई समाहित गरि गाउसभामा स्वकृतका लागि आगामी २४ गते पेश गर्ने निर्णय सहति गाउसभा समापन गरिएको हो ।नेपाल सरकारको लक्ष्यलाई आत्मसाथ गर्दै स्थानीयको चाहाना र आवस्यककतालाई संवोधन गर्दै आर्थिक वर्ष २०७७÷७८ को निति तथा कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले बताएका छन् ।
गाउपालिकाको निति तथा कार्यक्रममा निरोगि लिखु गाउपालिका निर्माण गर्ने , गर्भवती महिलाको घरमा झण्डा हातमा अण्डा कार्यक्रमलाई निरन्तरता दिने,अतिरिक्त कक्षा संचालनको लागी बिद्यालय लाई अनुदान यपलब्ध गराउने, गरिव पहिचान तथा परिचय पत्र बितरण कार्यक्रम सुरुवात गर्ने,कृषकहरुको अभिलेख तयार पारि आवश्यक कार्यक्रम गर्न कृर्षक दर्ता सम्बन्धि कार्यक्रम संचालन गर्ने लगाएतका नितिहरु रहेका छन् ।
यस्तै लिखु गाउपालिकाले आगामी आर्थीक बर्षका लागी ३८ करोड ८५ लाख ८७ हजार ३० रुपैया बजेट बिनियोजन गरेको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस