Techie IT
गृहपृष्ठसमाचारलिपुलेक अतिक्रमण बिरुद्ध पञ्चकन्या १मा विरोध जुलुस तथा प्रदर्शनी

लिपुलेक अतिक्रमण बिरुद्ध पञ्चकन्या १मा विरोध जुलुस तथा प्रदर्शनी


भारतले नेपाली भूमि लिपुलेकमाथि एकतर्फीरूपमा सडक निर्माण गरेको विरोधमा आज पञ्चकन्या गाउपालिका वडा नं १ मा विरोध जुलुस तथा प्रदर्शन गरिएको छ ।
सचेत नागरिक पञ्चकन्या १ नुवाकोटको आयोजनामा भएको बिरोध जुलुस पञ्चकन्या वडा नं २ सहरेटार सम्म पुगेर सुरु भएकै स्थानमा आएर समापन भएको थियो ।
जुलुसमा भारतीय विस्तारवाद मुर्दाबाद लिपुलेक हाम्रो हो, कालापानी हाम्रै (नेपालकै) हो, लिम्पियाधुरासम्म हाम्रै हो, भारतीय सेना कालापानी छोड, सीमा अतिक्रमण–बन्द गर, आदि नारा लगाउँदै अगाडि बढेको थियो ।

सबै प्रमाणले लिपुलेक–कालापानी लिम्पियाधुरासम्मको क्षेत्र नेपालको हो भनी प्रस्ट हुँदाहुँदै भारतले कब्जा गरी राख्नु भारतको विस्तारवादी हेपाहा प्रवृत्ति रहेको सचेत नागरिकक पञ्चकन्या १ का सदस्य तथा समाजसेवी भगवान पौडेलले बताए । उनले आफ्नो भुमी फिर्ता लिन सबै नेपाली एक जुट भएर लाग्नु पर्ने बताए । नेपाल सरकारले देशको भूमि फिर्ता लिने साहस नगर्नु नालायकी र लाचारीपन रहेको समेत उनले बताए ।
भारतले अतिक्रमित सबै नेपाली भूमि नेपाललाई फिर्ता माग गर्दै पौडेलले अतिक्रमित भूमि फिर्ता लिन बिरोध कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस