बन कार्यालयलाई बुझएको घोरल कार्यलयबाटनै बेपत्ता
पञ्चकन्या गाउँपालिकामा स्थानीयहरुले बुधबार विहान समातेर डिभिजन बन कार्यालयलाई बुझएको घोरल कार्यलयबाटनै बेपत्ता भएको छ ।
बिहानको समयमा पञ्चकन्या गाउँपालिका वडा नं. ५ त्रिवेणीधाम नजिकै खोलाको किनारमा अन्दाजी ३ देखि चार वर्षको भाले घोरल भेटिएको थियो । स्थानीयहरुका अनुसार खोलाले बगाउँदै ल्याएको उक्त घाइते घोरल डिभिजन बन कार्यालय नुवाकोटलाई बुधबारनै जिम्मा लगाइएको थियो । घोरल खोर फुटाएर भागेको डिभिजन बन कार्यालय कर्मचारीहरुले दाबी गरेका छन् ।
बन कार्यालयका अनुसार राती फालमे खोरको डण्डी भाँचेर घोरल भागेको छ । बन कार्यालयको नजिकै रहेको बनदेबी जंगलमा घोरल गएको अनुमान गरिएको छ । तर घोरल समातेर बन कार्यालयको जिम्मा लगाउने स्थानीयहरुले भने बनकै कर्मचारीले मारेर खाएको आशंका गरेका छन् ।
पञ्चकन्या गाउँपालिका वडा नं. ५ का नागरिकहरुले स्थानीय जनप्रतिनिधि र प्रहरीलाई घोरलको विषयमा सत्यतथ्य खोजी गर्न आग्रह गरेका छन् । तर बन कार्यालयले भागेको भनेपछि खोजी नगरु भन्ने धेरैको जवाफ आएको बताइएको छ । उक्त घोरल ३० देखि ३५ किलो रहेको अनुमान गरिएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जबाट चर्दै हिड्ने क्रममा जंगल बाहिर आइपुगेको र बथानबाट छुटेको अनुमान गरिएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस