Techie IT
गृहपृष्ठसमाचारअप्ठेरो प¥यो मलाई सम्झनुहोस ः मेयर शाक्य

अप्ठेरो प¥यो मलाई सम्झनुहोस ः मेयर शाक्य


काठमाडौ माहानगरपालिका भित्र कुनै पनि अप्ठेरो परे तुरुन्त आफुलाई सम्पर्क गर्न काठमाडौ माहानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले आग्रह गरेका छन् ।
बिश्वमानै माहामारीको रुपमा फैलिरहेको कोभिड १९ कोरोनाका कारण लकडाउनमा बसेका नागरिकहरु लाई राहात तथा खाना बितरण कार्यक्रममा मेयर शाक्यले माहानगर भित्र कसैलाई कुनै अप्ठेरो परे आफु लाई सम्पर्क गर्न आग्रह गरेका हुन्र ।लक डाउनमा रहेका निम्न बर्गका लगाएत कोही पनि भोकै नबसुन भन्ने उद्देश्यले काठामडौ माहानगरपालिकाले राहात बितरण गरेको हो ।
मेयर बिद्यासुन्दर शाक्यले कोरोना बाट बच्न सरकारको निर्देशन पालना गरेर लक डाउनमा बस्न आग्रह गरेका छन् । उनले कोरोना भाईरस जाँच्ने सामाग्री,जाँच्ने डाक्टरले लगाउने सुरक्षा सामाग्री जस्ता अत्यावश्यक बस्तुहरु सरकारले उपलब्ध गराउने क्रममा रहेकोले यस्तो बेला सरकारको निर्देशन पालना गरेर लक डाउनमा बस्नुनै एकमात्र विकल्प रहेको बताए ।
कार्यक्रममा मेयर शाक्यले सबै वडाका प्रतिनिधिहरु लाई वडाका नागरिकहरुरको बारेमा जानकारी राख्न सममेत निर्देशन दिएका छन् । लक डाउन लम्बिदै गर्दा दैनिक ज्यालामजदुरी गरिखाने दिदीबहिनी दाजुभाइको जिवन कष्टकर बन्दै गइरहेकोले केही राहात मिलोस भन्ने उद्देश्यले राहात बितरण गरेको बताईएको छ ।


क्याटेगोरी : समाचार



प्रतिक्रिया दिनुहोस