गाँउपालिका स्तरिय राष्ट्र्पति रनिङ शिल्ड प्रतियोगिता सुरु
लिखुगाउपालिको आयोजनामा गाँउपालिका स्तरिय राष्ट्र्पति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
स्वास्थ्यको लागी खेलकुद राष्ट्र्को लागी खेलकुदभन्ने नाराका साथ क्षेत्रपाल माबि चौघडामा प्रतियोगिता संचालन भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्रि प्रकाशशरण महतले थोरै लगानिमा धेरै प्रतिफल आउने क्षेत्र खेलकुद रहेको बताए । उनले फरक प्रसंगमा कांग्रेसबाट जितेका जनप्रतिनिधिहरुले अरुबाट निर्बाचित जनप्रतिनिधिहरुले भन्दा बढि काम गरेर देखाउनु पर्ने र हालसम्म देखाएको जिकिर गरे ।
यस्तै प्रतिनिधि सभा सदस्य बाहादुर सिंह लामाले यस्तै प्रतियोगिता बाट उत्पादन भएको खेलाडीले पछि देशको नाम राख्ने बताए । बिद्यालय स्तर बाटनै खेलाडी लाई बाच्न सक्ने आधार बनाउन पर्ने उनले बताए ।
२ दिन संचालनहुने प्रतियोगितामा लिखु गाउपालिका भित्रका ७ वटा बिद्यालयहरुले सहभागिता जनाएका छन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य कल्पना नेपाली, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, लिखु गाउपालिकाका अध्यक्ष धु्रव श्रेष्ठ, लिखु गाउपालिकाका प्रसासकिय अधिकृत सुरज अर्याल लगाएतले मन्तब्य राखेकाथिए ।
प्रतियोगिता २ दिन सम्म संचालन हुने छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस