बाफलमा बेवारिसे युवकको हत्या
१९ चैत, काठमाडौं । काठमाडौंको बाफलमा एक बेवारिसे व्यक्तिको हत्या भएको छ । तराई मुलको जस्तो देखिने अन्दाजी २५र२६ वर्षको पुरुषको हत्या भएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार उनी बाफलस्थित स्युच्टार पुलमुनि बसेर मागी खान्थे । उनी आफू जस्तै दुईरतीन जना व्यक्तिको समूहमा बस्ने गरेको बोगटी बताउँछन्
घटनालगत्तै प्रहरीले फरेन्सिक विज्ञानका चिकित्सक र अनुसन्धानमा सहयोगी कुकरलाई घटनास्थलमा लगेको थियो । त्यसक्रममा चिकित्सकसहित प्रहरीको टोलीले उनको घाँटीमा सिसा प्रहार गरेर हत्या भएको आशंका गरेको छ ।
प्रहरीले घटनास्थलबाट अपराधमा प्रयोग भएको सिसा पनि बरामद गरेको छ । घटनापछि उनीसँगै बस्ने अर्का युवक फरार भएका छन् ।
अन्दाजी ५ फिट उचाई र पालतो ज्यान भएका ती व्यक्तिसँग उनले बेलाबेलामा झगडा गर्ने गरेको स्थानीय बताउँछन् । घटनास्थल नजिकै प्रहरी बिट पनि छ । जहाँका अधिकारीले उनीहरुबीच केहीअघि भएको झगडा पनि देखेका थिए ।
बोगटीले भने घटनामा संलग्नको खोजी भइरहेको बताएका छन्
कुकुरको संकेत
अनुसन्धानका लागि प्रहरीले ल्याएको विज्ञ कुकुरले पनि घटनाको सम्बन्धमा कुनै सुराक दिन सकेन ।
स्रोतका अनुसन्धान घटनास्थलमा सबुत सुघाँएर छाडिएको कुुकर दौडिँदै सोल्टी दोबाटोसम्म पुगे पनि त्यहाँबाट अघि बढ्न सकेन
त्यो क्षेत्रमा अत्यधिक भीड हुने कारण कुकुरले अभियुक्तको बाटो पहिचान गर्न नसकेको हो । यद्यपि, प्रहरीले अन्य विभिन्न विधिबाट अनुसन्धान जारी राखेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस