Techie IT
गृहपृष्ठसमाचारयदि एमालेललाई त्यस्तै घमण्ड आएको हो भने एक्लै सरकार बनाएर देखाउ ? : दिपेश पुन

यदि एमालेललाई त्यस्तै घमण्ड आएको हो भने एक्लै सरकार बनाएर देखाउ ? : दिपेश पुन


उपराष्ट्रपति नन्दबहादुर पुन पुत्र एवं अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले एमले नेताहरुलाई पार्टी एकताको विषयमा भ्रमात्मक धारणा दिएको भन्दै आक्रोस पोखेका छन् । आफ्नो फेसबुक वालमा एक चोटिलो स्टाटस अपडेट गर्दै युवा विद्यार्थी नेता पुनले एमाले नेताहरुले आफू एक्लैले बहुमत ल्याएको जस्तो गरेर पार्टी र सरकारको नेतृत्व एउटै व्यक्ति हुने भन्दै दिएको अभिव्यक्तिप्रति तिखो आक्रोस व्यक्त गरेका हुन् ।

उनले यदि एमालेललाई त्यस्तै घमण्ड आएको हो भने एक्लै सरकार बनाएर देखाउन चुनौति पनि दिएका छन् । एमाले महहासचिव इश्वर पोखरेल, शंकर पोखरेल, शेरधन राई लगायतका नेताहरुले एकता पछिको पार्टीको अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने र त्यो पनि के पी ओली नै हुनुपर्ने भन्दै सार्वजनीक अभिव्यक्ति दिइरहेका बेला पुनको यो चेतावनी आएको हो । उनले एमालेले यस्तै घमण्ड गरेमा २०६४ मा माओवादी र २०७० मा कांग्रेसले घमण्ड देखाउँदा प्रतिपक्षमा बस्नुपरेको तितो यथार्थलाई एक पटक हेर्न आग्रह पनि गरेका छन् ।

निर्वाचन अघि नै पार्टी एकता गर्ने प्रतिबद्धतासहित निर्वाचनमा होमीएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच अझै सम्म एकताको ठोस परिणाम आउन सकेको छैन । नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जना पार्टी अध्यक्ष बन्ने र एक जनाले सरकारको नेतृत्व गर्ने सहमति भएको भनिएपनि अहिलेसम्म त्यो विषयले टुंगो पाउन नसक्दा उकतामा केही आशंका मात्र उव्जीएका छैनन, एमाले र माओवादी नेता र कार्यकताबीचमा दुरी बढ्ने संकेत समेत देखा पर्दे गएका छन् ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस