Techie IT
गृहपृष्ठदेशपहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध


ठाउँ ठाउँमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग बुधबार रातिदेखि नै अवरुद्ध छ ।

बुधबार राति ११ बजेतिर घोप्टेभिरमा गएको पहिरोले सडक अवरुद्ध भएको हो ।

बिहीबार बिहान चितवनको इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ स्थिति नाम्सीखोलामा पनि पहिरो जाँदा सडक अवरुद्ध भएको छ । वर्षा नरोकिएकाले सडकको पहिरो अझै हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । १२ घण्टादेखि दुईतर्फी सडक अवरुद्ध हुँदा यात्रुहरुको बिचल्ली भएको छ ।

काठमाडौंतर्फ नागढुंगा थानकोट क्षेत्रमै सवारी साधनहरुको लाइन लागेको छ भने पश्चिमतर्फ मुग्लिन पारी आँबु खैरेनीदेखि नै सवारी साधनको लाइन रहेको पनि प्रहरीले बताएको छ । पहिरो हटाउन एक्स्काभेटर र डोजर तयारी अवस्थामा राखे पनि ठूल्ठूला ढुंगासहितको पहिरो निरन्तर खसिरहेकाले पन्छाउन नसकिएको प्रहरीको भनाइ छ ।

घोप्टेभीरको पहिरो निकै ठूलो रहेकाले पन्छाएर बाटो खुलाउन लामो समय लाग्नसक्ने प्रहरीले जनाएको छ । बुधबार साँझ हिडेका यात्रुहरु विचल्ली भएकाले बिहीबार बिहानदेखि भने सवारी साधनहरुलाई नाका नाकामै रोकिएको प्रहरीले बताएको छ ।

उता, चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलाको नाम्सी पुलमा गएको पहिरोले मुग्लिन–चितवन सडकखण्ड पनि अवरुद्ध भएको छ । त्यहाँ पनि निरन्तर वर्षाका कारण पहिरो पन्छाउन कठिनाई भईरहेको छ ।


क्याटेगोरी : देश, समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस