Techie IT
गृहपृष्ठदेशलिखु गाउपालिकाका ५० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई खाद्यान्न बितरण

लिखु गाउपालिकाका ५० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई खाद्यान्न बितरण


लिखु गाउपालिकाका ५० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई खाद्यान्न बितरण गरिएको छ ।

सोमबार एक कार्यक्रमको बिच लिखु गाउपालिकाका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरु मध्ये अति बिपन्न, दलित तथा जनजातीहरु छनौट गरि ५० जनालाई खाद्यन्न बितरण गरिएको हो । अपाङ् सेवा संघको आयोजना, जुनकिरी म्यूजिक प्राली र समाजसेवी धनकुमारी थापा सरुको संयोजन तथा लुम्विनी बिकास बैंक केन्द्रिय कार्यालयको आर्थिक सहयोगमा अपाङ्गता भएका ब्यक्तिहरु लाई चामल, नुन, तेल, चिनी चियापत्ती लगायतको खाद्य सामाग्री बितरण गरिएको हो । खाद्यान्न बितरण कार्यक्रमलाई संबोधन गर्दै प्रदेशसभा सदस्य कल्पना नेपालीले अपाङ् हुदैमा कोही असक्षम नहुने बताउनु भएको छ । उहाले आफु अपाङ् छु भनेर आफुलाई कहिले कमजोर नबनाउन समेत आग्रह गर्नुभभएको छ ।

खाद्यान्न बितरण कार्यक्रममा मन्तब्य राख्दै प्रदेशसभा सदस्य कल्पना नेपाली

यस्तै लिखु गाउपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले सपाङ्को जत्तिकै अधिकार अपाङ्ता भएका व्यक्तिहरकोको पनि रहेको बताउनुभएको छ । उहाले लिखु गाउपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुलाई आत्मनिर्भर बनाउन बिभिन्न किसिमका तालिमहरु ल्याएको र आगामी दिनमा सोही कार्यक्रमलाई निरन्तरता दिन गाउँपालिकाले १० लाख रुपैयाा रकम छुट्टाएको बताउनुभएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई क्षमताले भ्याउने सिप मुलक कार्यहरुमा लाग्न गाउँपालिकाले प्रेरित गरिरहेको उहाँले बताउनुभएको छ ।

खाद्यान्न बितरण कार्यक्रममा मन्तब्य राख्दै लिखु गाउपालिकाका अध्यक्ष धु्रव श्रेष्ठ

कार्यक्रममा लिखु गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर रोक्काले अपाङ्गता भएका व्यक्तिहरुलाई भावनात्मक सहयोगको सबै भन्दा वढी आवस्यक पर्ने भएकोले त्यसमा सम्वन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

खाद्यान्न बितरण कार्यक्रममा मन्तब्य राख्दै लिखु गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत भिमबहादुर रोक्का

कार्यक्रममा लिखु गाउपालिका वडा नमबर १ का वडा अध्यक्ष नरहरी पाण्डे, वडा नम्बर ६ का वडा अध्यक्ष हरिशरण लामिछाने, सामाजिक विकास शाखा प्रमुख पार्वती उप्रेती लगायतले अपाङ्गता भएका व्यक्तिहरुलाई यसैगरी सहयोगि हातहरु बढ्नु पर्ने बताएका छन् । लिखु गाउपालिकामा महिला र पुरुष गरि ३ शय ८१ जना अपाङ्ता भएका ब्यक्तिहरु रहका छन् ।

खाद्यान्न बितरण कार्यक्रममा मन्तब्य राख्दै लिखु गाउपालिकाका सामाजिक बिकास शाखा प्रमुख पार्वती उप्रेती
खाद्यान्न बितरण गर्दै
खाद्यान्न बितरण कार्यक्रममा सहभागी भएका ब्यक्तिहरु

क्याटेगोरी : देश, समाचार, समाज
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस