Techie IT
गृहपृष्ठदेशएमालेमा लागेर कोई कसैलाई पछुत्तो हुदैन / पुर्व मन्त्री गोकुल वास्कोटा

एमालेमा लागेर कोई कसैलाई पछुत्तो हुदैन / पुर्व मन्त्री गोकुल वास्कोटा

देश बनाउने पार्टीको रुपमा नेकपा एमाले स्थापित भएको


नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री गोकुल वास्कोटाले व्यक्ती बनाउन नभई देश बनाउने लक्ष्य बोकेर एमाले पार्टीमा आस्था राख्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
विदुर नगर कमिटिको प्रथम अधिवेसनलाई संवोधन गर्नुहुदै नेता बास्कोटाले देश बनाउने पार्टीको रुपमा नेकपा एमाले स्थापित भएकोले पार्टीमा लागेर कोइकसैलाई पछुतो नहुने उहाँले बताउनुभएको छ । नेपाली काङ्ग्रेस १४औँ महाधिवेसनको तयारीमा जुटिरहेको छ । नुवाकोटमा नेपाली काङ्ग्रेसको गतिविधिलाई इकिंत गर्दै पूर्व मन्त्री बास्कोटाले काङ्ग्रेसका नेताहरुले आआफ्नो घरघरमा चियापान गरेर एमालेलाई हराउने भाषण गर्नु हास्यास्पद रहेको उल्लेख गर्नुभएको छ । साथै काङ्ग्रेस नेता पटकपटक अर्थमन्त्री हुदा विकास हुन नसकेको नुवाकोटमा एमाले नेतृत्वको सरकार आए पछि विकास भएको उल्लेख गर्नुभएको थियो ।
यस्तै एमालेले महिलालाई नेतृत्व तहमा ल्याउन प्रत्येक पदमा महिला र पुरुस बिच प्रतिष्पर्धा गराउने नेता बास्कोटाले बताउनुभएको छ । महिलाहरुको नेतृत्व गर्न सक्ने क्षमता वृद्धि गर्नलाई पार्टीले विशेष किसिमको अवसदेखि क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको उहाँले बताउनुभएको छ ।
कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष एवं संघिय सांसद नारायणप्रसाद खतिवडाले अधिवेशनसँगै पार्टी चलायमान भएको बताउनु भएको छ । सदस्यता सम्बन्धिको विबादलाई टुङ्गाउन तर्फ जिल्ला कमिटी लागिरहेको भन्दै अध्यक्ष खतिवडाले नबिकरण गर्न बाकी रहेकाहरुलाई तत्काल सदस्यता नबिकरण गर्नलाई आग्रह गर्नुभएको छ । जिल्लाको सबै स्तरको कमिटिलाई सक्रिय बनाउन आफ्नो तर्फबाट सहकार्य र समन्वय गर्ने प्रतिवद्दता समेत उहाँले जनाउनु भएको छ ।
यस्तै नेकपा एमाले बागमती प्रदेशका सचिवालय सदस्य केशब पाण्डे, सदस्यहरु ठाकुर गजुरेल, बिन्दा ढुंगाना, बद्री मैनाली, राजेन्द्ररमण खनाल, सन्जु पण्डित, जिल्ला सचिव बुद्धि प्रधान लगायतले पार्टीलाई एकताको सुत्रमा बाध्नलाई सर्बसम्मत रुपमा भएको वडा तथा पालिका कमिटी गठनले थप सहयोग पुगेको बताएका छन् । राजनतिक रुपमा नेपाली काङ्ग्रेस प्रतिस्पर्धिको रहेको भन्दै उनिहरुले आगामी स्थानिय, प्रदेश र सघको निर्वाचनमा नुवाकोट जिल्ला एमाले मय बनाउन तर्फ सवै तहको कमिटी र सङगठन लाग्नु पर्ने बताएका छन् । साथै नेकपा एमाले नुवाकोटको वडा र पालिका तहमा महिला नेतृत्वलाई प्राथमिकता दिएको उनीहरुको भनाई छ ।


क्याटेगोरी : देश, राजनीति, समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस