Techie IT
गृहपृष्ठदेशआर्थिक लेनदेनको विषयमा व्यक्तिलाई बन्धक बनाएको अरोपमा प्रहरीले एक महिलालाई नियन्त्रण

आर्थिक लेनदेनको विषयमा व्यक्तिलाई बन्धक बनाएको अरोपमा प्रहरीले एक महिलालाई नियन्त्रण


२७ वैशाख, काठमाडौं । आर्थिक लेनदेनको विषयमा व्यक्तिलाई बन्धक बनाएको अरोपमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा र प्रहरी परिसर, ललितपुरको टोलीले बन्धक बनाइएका इमाडोलका कृष्ण चौडेललाई उद्दार गरी संलग्नलाई पक्राउ गरेको हो ।

महाशाखाका एसपी केदार ढकालका अनुसार पक्राउ पर्नेमा अमिना भुजेल छिन् । भुजेल र चौडेलबीच लेनदेनको विवाद रहेको उनले जनाए ।

अनुसन्धान अधिकारीका अनुसार भुजेलले चौडेललाई २ लाख रुपैयाँ ऋण दिएकी थिइन् । तर, ब्याज वापतको रकम दिन बाँकी थियो । रकम नदिएपछि भुजेलले उनलाई बन्धक बनाउने प्रयास गरेकी थिइन् ।

‘उसले चाहिँ ३० हजार मात्र दिन बाँकी रहेको भन्छ । तर, महिलाको कुरा ५० हजार छ’, एक अनुसन्धान अधिकारीले भने, ‘महिलाले पैसा आइपछि मात्र जान पाउँछस् भनेकी रैछिन् । त्यतिवेलै प्रहरीलाई खबर भएको हो ।’


क्याटेगोरी : देश, समाचार, समाज


प्रतिक्रिया दिनुहोस