Techie IT
गृहपृष्ठदेशनारायणकाजीले ओली र प्रचण्डलाई भने- तपाईंहरू लोकतन्त्रवादी होइन, असल तानाशाहसम्म हुन सक्नुहुन्छ

नारायणकाजीले ओली र प्रचण्डलाई भने- तपाईंहरू लोकतन्त्रवादी होइन, असल तानाशाहसम्म हुन सक्नुहुन्छ


गत जेठमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले ११ महिनापछि जिल्ला नेतृत्वको टुंगो लगाएको छ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला समितिका अध्यक्ष र सचिवको नाम टुंगो लगाएको हो।

७७ जिल्लामध्ये ४५ जिल्लामा पूर्वएमाले र ३२ जिल्लामा पूर्वमाओवादीले अध्यक्ष पाउने सहमति भएको छ।

तर कुन जिल्लामा को अध्यक्ष र सचिव भए भन्नेबारे सचिवालय सदस्यहरूलाई नै जानकारी दिइएको छैन। जिल्ला अध्यक्ष र सचिवको नाम टुंग्याउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो। अरू पाँच सचिवालय सदस्यलाई टुंगिएका नामबारे जानकारी गराइएको छैन।

आइतबारको बैठकमा शीर्ष नेताहरूले जिल्लाको सूचीलगायतका सूचना गोप्य राखेपछि सचिवालय सदस्यहरू वामदेव गौतम र नारायणकाजी श्रेष्ठले असन्तुष्टि पोखेको एक नेताले बताए।

ती नेताका अनुसार प्रवक्तासमेत रहेका श्रेष्ठले अध्यक्षद्वय केपी ओली र प्रचण्डले आफैंले बनाएको नियम नमानेको बताएका थिए।

‘एकता भएको ११ महिनामा जिल्ला नेतृत्वको नाम टुंग्याउनुभयो, त्यो पनि हामीलाई भन्नुहुन्न,’ श्रेष्ठलाई उद्धृत गर्दै ती नेताले भने,‘यसअघि सचिवालयले नाम टुंग्याउने र स्थायी समितिले त्यसलाई पारित गर्ने निर्णय तपाईंहरूले नै गरेको होइनरु अनि आफैंले बनाएको नियम आफैं नमान्नेरु’

श्रेष्ठ यतिमै रोकिएनन्। उनले दुई अध्यक्षको कार्यशैली लोकतान्त्रिक नभएको पनि बताए।

‘उहाँले तपाईंहरू लोकतन्त्रवादी होइन, असल तानाशाहसम्म हुन सक्नुहुन्छ भन्नुभयो तर दुई अध्यक्षले केही जवाफ फर्काउनु भएन,’ बैठकमा सहभागी ती नेताले भने।


क्याटेगोरी : देश, राजनीति, समाचार


प्रतिक्रिया दिनुहोस