देजमोको अध्यक्षमा सीपी गजुरेल, महासचिवमा परी थापा चयन
काठमाण्डु, २७ चैत – देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालको राष्ट्रिय सम्मेलनले सीपी गजुरेलको नेतृत्वमा ९५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
राजधानीमा सम्पन्न सम्मेलनको बन्दसत्रले मोर्चाको महासचिवमा परी थापालाई चयन गरेको छ । थापा यसअघि देजमोको सचिव थिए ।
बन्द सत्रमा पेश भएको ९५ सदस्यीय केन्द्रीय समितिको पहिलो बैठकले गजुरेललाई अध्यक्षमा चयन गरेको हो । ज्येष्ठ सदस्य कमल चौधरीको अध्यक्षतामा बसेको पहिलो बैठकमा चौधरीले अध्यक्षमा गजुरेलको नाम प्रस्ताव गरेका थिए ।
त्यस्तै गजुरेलको प्रस्तावमा थापालाई महासचिव चयन गरेको हो । आज नयाँ केन्द्रीय समितिको बैठक बस्दै छ ।
क्याटेगोरी : देश, राजनीति, समाचार
प्रतिक्रिया दिनुहोस