अमेरिकाद्वारा नेपालीलाई नयाँ वर्षको शुभकामना
१ वैशाख, काठमाडौं!नयाँ वर्षको उपलक्ष्यमा अमेरिकी विदेश मन्त्रालयले नेपालीलाई शुभकामना दिएको छ । ‘अमेरिकी जनता र सरकारका तर्फबाट विश्वभर रहेका नेपाली समुदायलाई आनन्दमय नयाँ वर्षको कामना गर्दछु,’ विदेश मन्त्रालयका प्रवक्ता मोर्गन ओर्टागसले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
नेपाल र अमेरिकाबीच मित्रताको लामो इतिहास रहेको उल्लेख गर्दै प्रवक्ता ओर्टागसले अमेरिकामा रहेको जीवन्त नेपाली डायस्पोरा दुई देशबीचको बलियो सम्बन्धको प्रमाण भएको बताएका छन् । आगामी वर्षमा क्षेत्रीय र विश्वव्यापपी मुद्दामा दुई देशबीचको सहकार्य अझ गहिरो हुने आशा पनि उनले व्यक्त गरेका छन् ।
नेपाल र अमेरिकाबीच सन् १९४८ को फेब्रुअरीमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता उसले नेपाललाई सहयोग गर्दै आएको छ । पछिल्लो समय अमेरिकाले इन्डो प्यासिफिक रणनीतिलाई अघि बढाएको छ । उसले नेपाललाई पनि त्यही रणनीतिअन्तर्गत प्राथमिकतामा राखेको कूटनीतिक क्षेत्रका जानकारहरूको भनाइ छ ।
क्याटेगोरी : अन्तरास्ट्रिय, देश, समाचार
प्रतिक्रिया दिनुहोस