Techie IT
गृहपृष्ठअन्तरास्ट्रिय‘मजबुत सरकार’ चाहिएको हो ‘मजबुर सरकार’ होइन’

‘मजबुत सरकार’ चाहिएको हो ‘मजबुर सरकार’ होइन’


अप्रिल ११, मुम्बई: भारतमा आज अप्रिल ११ देखी मे ११ सम्म सात चरणमा लोक सभा चुनाव हुँदैछ।

चुनावबाट हालको सत्तासिन शक्ति भारतिय जनता पार्टी(भाजपा) आफ्नो बहुमतलाई कायम राख्दै दोश्रो कार्यकाल पनि आफै चलाउन चाहन्छ भने विपक्षी कंग्रेश आई लगायतका प्रतिपक्षी पार्टी पुनः सत्तारोहणको दाउमा छन्।

यतिबेला भारत बिजेपी समर्थक र इतरको पक्ष(विपक्षमा बाँडिएको छ। यसमा कलाकारहरू पनि राम्रै गरी सामेल छन्।

गत साता नसुरूद्धिन शाह, अमोल पालेकर, कोणकोणा सेन शर्मा लगायतका ६०० बढि रंगकर्मीहरूले भारतमा सहिष्णुता र समधर्मिताको रक्षार्थ सत्तासिन बिजेपीलाई भोट नहाल्न संयूक्त अपिल गरेका थिए।

यसले भारतमा ठूलै तरंग ल्यायो।
साताअघि कलाकारको ठूलो समूहबाट विरोध खेपेको बिजेपीले चुनावको अघिल्लो दिन कलाकारहरूको अर्को ठूलो समूहबाट समर्थनको आवाज सुनेको छ। बलिउड अभिनेता पंडित जसराज, विवेक ओवरोय तथा रीता गांगुलीसहित करिब ९ सय बढि भारतीय कलाकारले बिजेपीलाई भोट दिन अपिल गरेका छन्।

उनीहरूले ‘देशलाई ‘मजबुत सरकार’ चाहिएको हो ‘मजबुर सरकार’ होइन’, भन्दै यस्तै अपिल गरेका हुन्। त्यस्तै उनीहरूले बिना पूर्वाग्रह भोट हाल्न पनि अपिल गरेका छन्।

‘प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार जारी रहिराख्नु समयको माग हो भन्नेमा हाम्रो दृढ विश्वास छ। हाम्रो सामु आतंकवादजस्तो चुनौती छ। यस्तोमा मजबुत सरकार चाहिन्छ, मजबुर(लाचार) सरकार होइन। त्यसैले मौजुदा सरकार चलिरहनुपर्छ’, अपिलमा भनिएको छ।
यसरी संयूक्त बयान दिनेमा शंकर महादेवन, त्रिलोकी नाथ मिश्रा, कोयना मित्रा, अनुराधा पौड्वाल तथा हंसराज हंससमेत सामेल छन्।
संयूक्त वक्तव्यमा आगामी पाँच वर्ष भारतमा भ्रष्टाचारमुक्त सुशासन तथा विकासमुखी प्रशासन चाहिने भनिएको छ।


क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार


प्रतिक्रिया दिनुहोस