Techie IT
गृहपृष्ठसमाचारनुवाकोट दुप्चेश्वर सरमथली पहिरोको चपेटामा : सिङ्गो गाउँ नै जोखिममा

नुवाकोट दुप्चेश्वर सरमथली पहिरोको चपेटामा : सिङ्गो गाउँ नै जोखिममा


नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–३, सरामथली गाउँ यतिबेला प्राकृतिक विपद्को गम्भीर चपेटामा परेको छ। लगातारको वर्षासँगै सुरु भएको पहिरो विस्तार हुँदै जाँदा सिङ्गो गाउँ नै उच्च जोखिममा परेको छ। जमिन भासिने र चिरा पर्ने क्रम जारी रहेपछि स्थानीय बासिन्दाहरू रातभर जाग्राम बसेर ज्यान जोगाउन बाध्य छन्।

गाउँ नै असुरक्षित, स्थानीय त्रासमा

सरामथली गाउँको बस्तीमाथिबाटै सुरु भएको पहिरोले जमिन चिरा पार्न थालेपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ। अहिलेको अवस्थालाई हेर्दा पहिरो थप फैलिने हो भने सिङ्गो बस्ती नै विस्थापित हुनुपर्ने खतरा बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार, घरको आँगन र खेतबारीमा देखिएका धाँजाहरूले जुनसुकै बेला ठूलो विपत्ति निम्त्याउन सक्ने संकेत गरिरहेका छन्।

सरकारसँग गम्भीर अपिल

यस्तो विषम परिस्थितिमा सरामथलीवासीले सम्बन्धित निकायसँग जीवन रक्षाका लागि अपिल गरेका छन्। स्थानीय सरकार (दुप्चेश्वर गाउँपालिका), प्रदेश सरकार र संघीय सरकारलाई ध्यानाकर्षण गराउँदै उनीहरूले भनेका छन्, “आजको सानो बेवास्ताले भोलि ठूलो मानवीय र भौतिक क्षति निम्त्याउन सक्छ। त्यसैले ढिलो नगरी तत्काल स्थलगत निरीक्षण गरियोस्, भू-गर्भविद्‌को टोली खटाइयोस् र जोखिम न्यूनीकरणका लागि आवश्यक सुरक्षात्मक कामहरू तुरुन्त अगाडि बढाइयोस्।”


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस