विद्यालयबाट फर्किने क्रममा खोलामा बग्दा एक बालिकाको ज्यान गयो
नुवाकोट, असार २८ — नुवाकोटको ककनी गाउँपालिका–६ पैतिस किलोस्थित देउराली खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने अर्की बालिका घाइते भएकी छन्।
शनिबार अपराह्न स्थानीय रविन्द्र तामाङका छोरीहरू ११ वर्षीया सोनु तामाङ र ८ वर्षीया छोयताङ तामाङ विद्यालयबाट घर फर्किने क्रममा देउराली खोला तर्ने प्रयास गर्दा खोलाको तीव्र बहावमा परेका थिए।
स्थानीयवासीसँगको सहयोगमा घटनास्थलबाट करिब ३०० मिटर तल दुवै बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
उद्धारपछि ८ वर्षीया छोयताङ तामाङलाई घटनास्थलमै मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। ११ वर्षीया सोनु तामाङ भने सामान्य घाइते भएकी छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
क्याटेगोरी : समाचार





















प्रतिक्रिया दिनुहोस