Techie IT
गृहपृष्ठसमाचारमहानगरको ह्विल लकपछि राहदानी विभाग अगाडि युवकद्वारा आत्मदाह प्रयास

महानगरको ह्विल लकपछि राहदानी विभाग अगाडि युवकद्वारा आत्मदाह प्रयास


काठमाडौं, असार २५ — काठमाडौं महानगरपालिका–११, त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट अगाडि एक युवकले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आत्मदाहको प्रयास गरेका छन्।
आज (२०८३ असार दिउँसो करिब २ बजे आफ्नो कामका लागि राहदानी विभाग पुगेका २५ वर्षीय गणेश नेपालीले बाहिर निस्कँदा आफ्नो पल्सर मोटरसाइकलमा काठमाडौं महानगर प्रहरीले ह्विल लक लगाएको देखेपछि आक्रोशमा आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाउने प्रयास गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
घटनालगत्तै नेपाल प्रहरीले उनलाई उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो। हाल वीर अस्पतालको इमर्जेन्सीस्थित रेड जोनमा उनको उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
घाइते गणेश नेपालीको स्थायी ठेगाना मुगु जिल्लाको सोरु गाउँपालिका रहेको छ भने हाल उनी भक्तपुरमा बस्दै आएका छन्।
घटनाबारे नेपाल प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस