Techie IT
गृहपृष्ठसमाचारलिखुका ३५० भन्दा बढी महिला आत्मनिर्भरताको बाटोमा

लिखुका ३५० भन्दा बढी महिला आत्मनिर्भरताको बाटोमा


लिखु (नुवाकोट)। एक समय घरायसी कामकाजमै सीमित रहेका लिखु गाउँपालिकाका ३५० भन्दा बढी महिलाहरू अहिले विभिन्न सीपमूलक तालिममार्फत आत्मनिर्भरताको बाटोमा अघि बढिरहेका छन्।

राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यविधि, २०८१ अन्तर्गत प्राप्त १ करोड ३ लाख रुपैयाँ बजेट मार्फत सञ्चालन भइरहेको महिला लक्षित सीपमूलक कार्यक्रम ले गाउँपालिकाभित्रका महिलाहरूमा नयाँ उत्साह, आत्मविश्वास र उद्यमशीलताको सम्भावना जगाएको छ। लिखु गाउँपालिकाका विभिन्न वडामा सञ्चालन भइरहेका तालिमहरूमा उन्नत बीउ उत्पादन, ढाका बुनाइ, सिलाइ–बुनाइ, ब्युटिसियन, दुना–टपरी निर्माण, आलु चिप्स उत्पादन, वातावरणमैत्री झोला निर्माण तथा जीविकोपार्जनसँग सम्बन्धित अन्य सीपमूलक विषय समेटिएका छन्। स्थानीय आवश्यकता र बजारको मागलाई आधार बनाएर सञ्चालन गरिएका तालिमहरूले महिलाहरूलाई सीपसँगै आयआर्जनको आधार तयार गरिरहेका छन्। गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले महिलाहरूको आर्थिक सशक्तीकरणलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिएको बताउँदै तालिमपछि पनि स्थानीय सरकारको साथ रहने बताउनुभयो।

“ अध्यक्ष श्रेष्ठले “व्यवसाय सुरु गर्न आवश्यक सहजीकरण,पालिकाले गर्ने बताउनु भयो । बाइट… यस्तै उपाध्यक्ष सुभद्रा अधिकारीले तालिममा सहभागी महिलाहरूको उत्साहले कार्यक्रमको प्रभावकारिता पुष्टि गरेको बताउनुभयो। “विभिन्न वडामा पुगेर अनुगमन गर्दा महिलाहरूमा देखिएको उत्साह र सिकाइप्रतिको लगाव निकै प्रेरणादायी उपाध्यक्ष अद्गिकारिले बताउनु भयो । यस्तै प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले विशेष अनुदानबाट प्राप्त बजेटलाई लक्षित वर्गसम्म प्रभावकारी रूपमा पुर्याइएको बताउनुभयो। “राष्ट्रिय योजना आयोगको कार्यविधिअनुसार प्राप्त बजेटलाई पारदर्शी र परिणाममुखी ढंगले परिचालन गरिएको उहाले बताउनु भयो  । बाइट …. तालिममा सहभागी महिलाहरूले पनि कार्यक्रमबाट आफूहरूमा नयाँ आत्मविश्वास थपिएको बताएका छन्। पहिले घरायसी काममा मात्र सीमित रहेको समयलाई अहिले सीप सिक्ने अवसरमा रूपान्तरण गर्न पाएको भन्दै उनीहरूले तालिमलाई जीवन परिवर्तनको अवसरका रूपमा लिएका छन्। महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणलाई केन्द्रमा राखेर सञ्चालन गरिएको यो कार्यक्रमले लिखु गाउँपालिकामा उद्यमशीलताको नयाँ आधार निर्माण गरिरहेको छ। स्थानीय सरकारको प्रत्यक्ष निगरानी र सहजीकरणमा सञ्चालन भइरहेको कार्यक्रमबाट सिकेका सीपलाई व्यवसायमा रूपान्तरण गर्न सके आगामी दिनमा लिखुका सयौँ महिलाहरू आत्मनिर्भर बन्ने अपेक्षा गरिएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस