Techie IT
गृहपृष्ठसमाचारविदुर खानेपानी समस्यामा सहमति, सत्याग्रह स्थगित

विदुर खानेपानी समस्यामा सहमति, सत्याग्रह स्थगित


नुवाकोट, विदुर — विदुर खानेपानी बचाउ अभियानअन्तर्गत सञ्चालन गरिएको सत्याग्रह  स्थगित गरिएको छ। हिजोबाट सुरु गरिएको उक्त सत्याग्रह माग सम्बोधन गर्ने प्रतिबद्धता आएपछि अन्त्य गरिएको हो।
विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव रघुनाथ रिमालले उठाएका विभिन्न मागहरू सम्बोधन गर्ने सहमति जनाइएपछि सत्याग्रह स्थगित गरिएको जनाइएको छ। रिमालले विदुर वडा नम्बर ५ मा देखिएको खानेपानी समस्याको समाधान, पानीको दुरुपयोग नियन्त्रण, नगर विकास कोषसँग रहेको करिब २८ करोड रुपैयाँ ऋणसम्बन्धी विषय तथा निरन्तर घाटामा सञ्चालन भइरहेको संस्थालाई धरासायी हुनबाट जोगाउने उपायबारे सर्वपक्षीय छलफल गर्नुपर्ने माग अघि सारेका थिए।


उक्त सत्याग्रह विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जुस खुवाउँदै औपचारिक रूपमा अन्त्य गराएका हुन्।
यसैबीच, उठाइएका विषयमा थप छलफल गरी उपयुक्त समाधान खोज्न आगामी २५ गते सर्वपक्षीय भेला आयोजना गरिने जनाइएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस