Techie IT
गृहपृष्ठसमाचारओली र लेखक आज रिहा नहुने

ओली र लेखक आज रिहा नहुने


केपी शर्मा ओली र रमेश लेखक लाई आज रिहा नगर्ने निर्णय गरिएको छ। सरकारी वकिल कार्यालयको रायका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई कम्तीमा आजको रात हिरासतमा राख्ने भएको हो।


यसअघि चैत २३ गते सर्वोच्च अदालत ले चौथोपटक म्याद नथप्न र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गरेर थप अनुसन्धान गर्न परमादेश जारी गरेको थियो। अदालतको आदेशअनुसार काठमाडौं जिल्ला अदालतबाट थपिएको तेस्रो म्याद बुधबारसम्मका लागि मात्र कायम थियो।
सर्वोच्चका न्यायाधीशद्वय बिनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले चैत २५ पछि हिरासत मुक्त गर्नुपर्ने आदेश दिएको थियो। साथै, तोकिएको समयभित्र अनुसन्धान पूरा गरी मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न पनि निर्देशन दिइएको थियो।
मन्त्रिपरिषद्ले भदौ २३ र २४ का घटनाबारे गौरीबहादुर कार्की आयोग को सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि दुवै नेता चैत १४ गते पक्राउ परेका थिए।
उक्त घटनामा काठमाडौंको बानेश्वर क्षेत्रमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु भएको थियो। घटनाका बेला ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री थिए। हाल स्वास्थ्य समस्याका कारण ओली त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् भने लेखकलाई महाराजगञ्जस्थित सशस्त्र प्रहरी बलको गणमा राखिएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस